राष्ट्रपति भण्डारीलाई विजय एफ.एम.की सहाराको अपिल “ निशाकुसुम सम्झेर निर्मलालाई न्याय देऊ”

0

गैँडाकोट । स्कूले ड्रेसमा नगरपालिका अघि उभिएर विजय एफ एमकी बाल मञ्जरी कार्यक्रम सञ्चालिका साहारा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई न्यायका लागि अपिल गर्नुभएको छ । मानवअधिकार हननका विभिन्न उदाहरण प्रस्तुत गर्दै सहाराले दैनिक ४ जना बलात्कारको सिकार भइरहदा सरकारको उपस्थिति कहाँ नेर छ भनेर प्रश्न राख्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पुरुष भएर नारीको वेदना बुझ्न नसके पनि राष्ट्रपति विद्यादेवी भण्डारी महिला भएका कारण निर्मलाका परिवारको वेदना बुझ्नुपर्ने बताउनुभयो ।

भिडियो हेर्न तल क्लीक गर्नुहोस्

 

सहाराले राष्ट्रपति भण्डारीलाई आफ्नी छोरी निशाकुसुम भण्डारी सम्झेर निर्मलालाई न्याय दिलाउन आग्रह गर्नुभएको थियो । गैँडाकोट ८ का महिला समूहरुले बुधबार गँैडाकोट नगरपालिका अघि निर्मलाालाई न्याय दिलाउन प्रदर्शन गरेका थिए । विजय चोकबाट निस्कीएको र्याली नगरपालिका अघि कोणसभामा परिणत भएको थियो ।

 

 

Share.

Leave A Reply