राष्ट्रपतिद्वारा बधाई

0

काठमाडौँ, २० माघ (रासस) ः

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाको १६ औँ नरेशका रुपमा अल सुल्तान अब्दुल्लाह रियातुद्दिन अल मुस्तफा बिलाह शाह इब्नी सुल्तान हाजी अहमद शाह अल मुस्ता इन बिलाह घोषित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज बधाई सन्देश पठाउँदै मलेसियाली नरेशको दूरदृष्टियुक्त मार्गदर्शन र नेतृत्वमा मलेसियाले अझ प्रगति एवं समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपाल र मलेसियाबीच विद्यमान सुमधुर सम्बन्ध मलेसियाली नरेशको कार्यकालमा अझ सुदृढ हुने उल्लेख गर्दै त्यहाँका नरेशको सुख र सुस्वास्थ्यका साथै मलेसियाली जनताको समृद्धिको कामना गर्नुभएको छ ।

Share.

Leave A Reply