काँग्रेस छाडेर ओलीसंग प्रचण्ड मिलेकोमा नेकपा मसालका महामन्त्रीको स्वागत ।

0

नवलपरासी २२ अशोज ।


नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रघाती निती बोकेको काँग्रेसको साथ छाडेर माओबादीले ठिक गरेको बताउनुभएको छ । अर्धभुमीगत रुपमा रहनुभएका महामन्त्री सिंहले शनिबार नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन गर्दै माओबादी एमाले र नयाँ शक्ति गठबन्धनलाई आलोचना सहितको समर्थन गर्नुभयो । वहाँले एउटै कम्युनीष्ट केन्द्र बनाउने भनेपनि बाम गठबन्धन कष्युनीष्ट नभएको बताउनुभयो ।

प्रचण्डले ओलीसंगको सहकार्य तोडेर प्रधानमन्त्रीबाट हटाउन नहुने टिप्पणी उहाँको थियो । काग्रेसले भारतको ईसारामा देशलाई घात गरेको भन्दै प्रधानमन्त्रीले भारतलाई संबिधान संसोधनको बचन दिनु र यदी संसोधन भए ठुलो राष्ट्रघात हुने बताउनुभयो ।

उहाँले आफ्नो पार्टी अर्धभुमीगत अवस्थामै प्रदेश र प्रतिनिधी सभामा मोर्चाबन्दी गरेर निर्वाचनमा होमिने बताउनुभएको छ । पार्टी एकताबारे पत्रकारले गरेको प्र

श्नमा उहाँले एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै यि दललाई वास्तविक कम्युनिष्ट बनाउन सकेमात्रै पार्टी एकतामा जान सकिने विचार राख्नुभयो । अहिलेपनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उहाँले स्थानीय तहको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताउनुभयो ।

Share.

Leave A Reply