रामानुजाचार्य सहस्राब्दी रथयात्राको थारु समुदायबाट स्वागत

0

दाङ, १४ चैत । थारु संस्कृति र परम्परा अनुसार दाङ देउखुरीमा श्री रामानुजाचार्य सहस्राब्दी रथयात्रा को भव्य स्वागत गरिएको छ ।

 

चैत एक गते काकडभिट्टाबाट सुरु भएको राष्ट्रव्यापी धर्मजागरण रथयात्रा हेटौडा, चितवन, नवलपरासी त्रिवेणी, भैरहवा, बुटवल, भालुवाङ, लमही नगर परिक्रमा गर्दै सोमबार दाङमा विश्राम गरेको छ । दाङमा स्थानीय थारु समुदायले आफ्नो भेषभूषा र चालचलन अनुसार रामानुजचार्य सहस्राब्दी रथयात्राको भव्य स्वागत गरेका हुन् ।

रथयात्रा शनिबार नवलपरासीबाट पश्चिम लागेको थियो । पश्चिमबाट चैत ३० गते गैँडाकोट पुगी पुनः विश्राम गर्ने छ । जगद्गुरु रामानुजाचार्यको जन्म भएको एक हजार बर्षपुगेको अवसरमा सहस्राव्दी महोत्सव तथा धर्मजगरण रथयात्रा गरिएको हो । चैत्र १ गतेदेखि २०७४ बैशाख ५ गतेसम्म चल्ने अयोजकले जनाएको छ । रथयात्रा चितवनको देवघाटमा विशेष यज्ञ समारोहका साथ सम्पन्न हुनेछ ।

Share.

Leave A Reply