रामपुरमा रहेको कृषी विश्वविद्यालयका प्राध्यापकलाई कालोमोसो/राजनीतिक प्रतिशोधका कारण घटना भएको नेविसंघको आरोप

0

गैडाकोट, २१ चैत्र । चितवनको रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले कालोमोसो दलेका छन् भने जुत्ताको मालापनि लगाएका छन् ।

कृषि संकायका प्राध्यापक ओझाले ३० दिनमा सक्नुपर्ने कोर्ष चार दिन २/२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र तीन वटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर चाँडै कोर्ष सकाउने काम गरेको भन्दै विद्यार्थीहरुले कालोमोसो दल्नु परेकोे बताएका छन् । उनले गरेको गल्तीलाई विरोध गरे उक्त विद्यार्थीको प्राक्टिकल नम्वरनै घटाइदिने गरेको पनि विद्यार्थीको आरोप छ ।

यस पटक पनि उनको शिक्षण सिकाइ क्रियाकलापको विरोध गरेका चौथो समेस्टरका चार जना विद्यार्थीको नम्बर निकै कम दिएपछि विद्यार्थीहरु थप आन्दोलित बनेको र प्रशासनलाई ओेझाको पवृत्तिका बारेमा ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि कालोमोसो दलेको विश्वविद्यालय बिद्यार्थी नेता बामदेव रेग्मीले बताउनुभयो ।

तर घटनाको नेपाल विद्यार्थी संघले भने राजनीतिक प्रतिशोधका कारण उक्त हर्कत गरिएको बताएको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ चितवन र प्राध्यापक संघ रामपुर कृषि विश्वविद्यालय इकाइले घटनाको विरोधमा कोणसभा गर्दै नेकपा निकट अनेराश्ववियुले कृषि संकायका प्राध्यापक तथा सहायक डिन विष्णुराज ओझालाई कांग्रेस निकट भएकैले विभिन्न बहानामा कालोमोसो दलेको र कक्षामा गएल भए पनि हाजिर गर्न लगाएर विद्यार्थीहरुले दुःख दिने गरेकोमा विद्यार्थीले उल्टै विभिन्न आरोप लगाएर कालोमोसो दलेको आरोप उहाँको छ ।

राजनीतिक प्रतिशोध लिएर गरिएको यस्तो अमानविय घटनालाई नेविसंघ कदापी स्वीकार्न नसक्ने भन्दै घटनामा संलग्नहरुलाई तुरुन्त कारबाहीको माग पनि गरेको छ ।

Share.

Leave A Reply