‘रामकहानी’ ट्रेलर (भिडियो)

0


निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने हरेक फिल्म दर्शकका लागि व्यग्र प्रतिक्षामा रहने गर्छ । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका उनको नयाँ फिल्म ‘रामकहानी’ भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।


‘तिम्रो लागि म छु…’ बोलको गीत रिलिज भएसँगै चर्चामा रहेको यो फिल्मको बिहीवार अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा प्रमुख भूमिकामा छन् । ट्रेलर रोमान्टिक प्रेम कथाले भरिएको छ ।

प्रेम, मिलन, विछोड, रोदन, कमेडी, थ्रिल सबै खुराक ट्रेलरमा छ । ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई र रविन्द्र झा पनि प्रमुख भूमिकामा छन् । मल्टिस्टारर यस फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो ।

प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक थापाले गतिलो प्याकेज लिएर आएको ट्रेलरबाट महशुश गर्न सकिन्छ । ट्रेलर हेर्दा अभिनेत्री पूजा शर्मा पहिलो पटक फरक भूमिकामा प्रस्तुत भएको अनुमान गर्न सकिन्छ । उनको रोमान्टिकसँगै डरलाग्दो अवतार देखिएको छ ।

‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको निर्देशक थापाले बताए । यो फिल्म पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्मको कथा सुदर्शन आफैंले लेखेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ । महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् । From http://www.filmykhabar.com/news/15958/

Share.

Leave A Reply