राप्रपा (संयुक्त) गठनका लागि हस्ताक्षर

0

– कृष्णराज गौतम,काठमाडौँ, १७ माघ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।

राप्रपा ९प्र०का अध्यक्ष पशुपतिशम्शेर जवरा र एराप्रपा ९राष्ट्रवादी०का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि आज हस्ताक्षर गर्नुभएको छ । देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चावहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले आज हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष डा लोहनीले मुलुकमा भएका राजनीतिक परिवर्तनअनुसार जनतालाई अधिकार सम्पन्न तथा उनीहरुको सामाजिक रुपान्तरण हुन नसकेका कारण एकता गरिएको बताउनुभयो । अर्का अध्यक्ष राणाले अहिलेको अवस्थामा कुनै पनि दलको एक्लो प्रयासले राष्ट्रको विकास र समृद्धि सम्भव नरहेको बताउँदै देश र जनताको हितअनुसार नीति बनाएर सन्तुलन कायम गर्नुपर्नेमा जोड दिनुभयो । शुक्रबार एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ । दैनिक कार्य सञ्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने राप्रपा ९प्र० नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ । नेता सुन्दर पाण्डेका अनुसार चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।

एकतापछि दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उत्साहका साथ सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गरिएको छ । देशका सबै गाउँपालिकामा छरिएर रहेका पार्टी कार्यालयहरुमा दीपावली गर्न अनुरोध गरिएको छ । मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुले विसं २०४७ जेठ १५ गते स्थापना भएको उक्त पार्टी विभिन्न कारणले जुट्ने र फुट्ने गर्दै आएको छ ।-रासस

Share.

Leave A Reply