राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

0

गैडाकोट, २५ चैत्र । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएको राप्रपा कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ ।

रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गरेको राप्रपाका नेताहरुलाई प्रहरीले लाठी वर्साएको हो । नेताहरुले भाषण गरिरहेका बेला कार्यकर्ता सडक अवरुद्ध गर्न पुगेपछि झडप भएको हो ।

प्रदर्शनभर गाडी रोकेको प्रहरीले एकाएक सवारी आवागमन सञ्चालन गरेपछि राप्रपा अध्यक्ष कमल थापाले कार्यकर्तालाई बन्द गर्न निर्देशन दिए लगत्तै राप्रपा कार्यकर्ताले सडक बन्द गर्न खोजेपछि झडप भएको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

Share.

Leave A Reply