राप्ती नदीले खतराको चिन्ह पार ग¥यो, दाउन्नेमा बाटो खुल्ने सम्भावना छैन् ।

0

गैँडाकोट २९ साउन ।


नवलपरासीको दाउन्ने क्षेत्रमा शुक्रबार रातीदेखी सडक अबरुद्ध छ । शुक्रबारदेखीको लगातारको बर्षाका कारण दाउन्नेमा दर्जनबढी पहिरो झरेको छ । १० मिटर जती सडक भासीएको छ । दाउन्ने पुर्व र पश्चिम २५ किलोमिटर क्षेत्रमा सवारीको लामो लाम लागेको छ । लगातार पानी परेका कारण पहिरो पन्छाउन र सडक खुलाउन समस्या भएको छ । फसेका यात्रुलाई खाना र पानीको समस्या परेको छ । यसैविच नवलपरासीको प्रदेश नं ५ अन्तर्गत पर्ने पश्चिमी खण्डमा लगातारको बर्षाले अधिकांस क्षेत्र डुवानमा परेको छ । राजमार्ग क्षेत्रमा पानी जमेका कारण यातायात सुचारु हुन सकेको छैन् । सयौ घरमा पानी पसेको छ । बर्दघाट सुनवल रामग्राम नगरपालीका, पाल्हीनन्दन, प्रतापपुर, सरावल गाउपालीकाका अधिकासं बस्ती डुवानमा परेका छन् । सरावलको ६ र ७ मा झरही खोलाको पानी पस्दा ७० घर पुर्ण डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यता चितवनमा राप्ती नदीले खतराको चिन्ह पार गरेको जिल्ला विपद सुचना व्यक्ती बलराम लुईटेलले जानकारी गराउनुभएको छ । राप्ती नदीमा खतराको चिन्ह पार गरेर पानी ६ मिटरमा पुगेको छ । ४ मिटर खतराको चिन्ह रहेको लुईटेलले बताउनुभयो । राप्तीका कारण भण्डारा र जगतपुर पटिहानी सौराहा क्षेत्रका बस्ती जोखिममा परेका छन् । सौराहा क्षेत्र डुवानमा परेको छ । नारायणी नदीमा पानीको बहाब ६ मिटर पुगेको छ । ८ मिटर पुगे खतरा हुने लुईटेलले जानकारी दिनुभयो । खहरे खोलामा आएको बाढीका कारण पदमपुरमा पशुचौपाया बगाएको छ । ६ घर डुबानमा परेका कारण स्थानीय विस्तापित गरेका छन् । मेघौलीमा २० घर डुवानमा परेका छन् । माडीमा बाढीका कारण अधिकासं घर डुबेका छन् । माडीमा करिब ३ सय घरमा पानी पसेका छन् । २ सय घरमा बस्न नमिलेपछी स्थानीय नजिकको प्रतिक्षालय बिद्यालय जस्ता सुरक्षीत स्थलमा पुगेका छन् ।

Share.

Leave A Reply