राधाकृष्ण मन्दिरमा क्रियापुत्री भवन निर्माणका लागि पाण्डे परिवारको सहयोग

0

चैत ५, गैंडाकोट । गैंडाकोट ५ निवासी समाजसेवी कृष्ण पाण्डेले श्री राधाकृष्ण मन्दिरमा निर्माणाधिन क्रियापुत्री भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । स्व. बुवा रामप्रसाद पाण्डेको स्मृतिमा गैंडाकोट ५ मा अवस्थित श्री राधाकृष्ण मन्दिरमा निर्माणाधिन क्रियापुत्री भवनको एक कोठा निर्माणका लागि सहयोग गर्नुभएको हो ।


भवन निर्माणका लागि स्व. रामप्रसाद पाण्डेकी धर्मपत्नी हिमादेवी पाण्डे र माईला छोरा कृष्ण पाण्डेले श्री राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष खिमलाल सापकोटालाई १ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का एमेस्टर अफ गर्भनर समेत रहनुभएका पाण्डेले चेक हस्तान्तरण पछि सेवा नै धर्म हो भन्दै लायन्समा लागेपछि सेवा गर्न सिकेको र सोही अनुरुप सहयोग गरेको बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेलले मन्दिर संरक्षणका लागि नारायणी नदि तटबन्धन गरिएको र यसले पुर्णता नपाउने बेलासम्म वडा र नगरपालिकाको तर्फबाट निरन्तर सहयोग जारी रहने बताउनुभयो ।


मन्दिरका अध्यक्ष खिमलाल सापकोटाले मन्दिरमा निर्माण कार्य चलिरहेको र अझै सहयोगी हातको खोजीमा रहेको बताउनुभयो ।
कार्यक्रमको सहजिकरण गर्दै मन्दिरका सचिव डिल्लीप्रसाद अम्बैले कुसुमघाट स्नानस्थल निर्माण र तटबन्धनसँगै यस क्षेत्र धार्मीक स्थलका रुपमा विकसीत हुदैँ गएको बताउनुभयो ।


कार्यक्रममा समाजसेवी महेन्द्रभक्त अधिकारी, विजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्री, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार, सदस्यहरुको उपस्थिती रहेको थियो ।
२०६३ सालमा स्थापित राधाकृष्ण मन्दिरमा बेलाबखत महायज्ञ सञ्चालन गर्दै क्रियापुत्री भवन, सभाहल, योग कक्ष लगायतका निर्माण कार्य चलिरहेको छ । नारायणी नदि तट मन्दिर परिषरमा अहिले ३ तले बहुउद्देश्यीय धार्मीक भवन निर्माण भईरहेको छ ।

Share.

Leave A Reply