राज्यले लगाएको करले चितवन तथा नवलपुरका व्यवसायीहरु मर्कामा, व्यवसायीलाई जनउत्तरदायी बनाउँदै प्रवर्धनमा सघाउ पु¥याउन आग्रह

0

गैंडाकोट । चितवन तथा नवलपुरका व्यवसायीहरुले राज्यले वढि कर लगाएकोले मर्का परेको बताएका छन् ।

विजय एफएम १०१.६ गौरबमय १५ औँ वर्षमा प्रवेश गरको अवसरमा आयोजित व्यवसायिक सम्भावना चुनौती र मिडियाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा वस्तुगत संघका प्रमुख एवं प्रतिनिधिहरुले राज्यले निति कडा बनाउँदै व्वयसायलाई विस्थापन गर्न खोजेको बताएका थिए ।

व्यवसाय स्थापित भएपछि राज्यले विस्थापित हुन नदिने निति लिनपर्नेमा उनिहरुको जोड थियो । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा उनिहरुले व्यवसायी विच नै अस्वस्थ प्रतिस्पर्धा रहेको भन्दै मुल्यमा एकरुपता ल्याउन व्यवसायी संघ लाग्नुपर्ने जोड दिएका थिए । खुल्ला सिमानाले नेपालको व्यवसाय धरापमा रहेको व्यवसायीको भनाई थियो ।

लगानीको अहिले पनि समस्या रहेको बताउँदै उनिहरुले यस्ता विषयमा मिडियाको शसक्त भुमिका हुने बताएका थिए । व्यवसाय प्रर्वधन गर्दैगर्दा उपभोक्ता ग्राहकलाई सचेत गराउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ गैंडाकोट नवलपुरमा प्रथम उपाध्यक्ष एकदेव रिमाल, चितवन अटोमोवाईल्स एशोसियसन चितवनका अध्यक्ष कृष्णप्रसाद काफ्ले, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्मा, ईलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष सत्यनारायण श्रेष्ठ, निमार्ण सामाग्री व्यवसायी संघ चितवनका उपाध्यक्ष डोलकप्रसाद पुडासैनी, प्लाष्टिक व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष जितबहादुर हमाल, फेन्सी व्यवसायी संघ नारायणगढका वरिष्ठ उपाध्यक्ष खिमलाल अर्याल, चितवन उद्योग तथा फर्निसिंग व्यवसायी संघका उपाध्यक्ष लिलाबहादुर क्षेत्री, फलफुल तथा तरकारी थोक व्यवसायी संघ चितवनका महासचिव मुकुन्दप्रसाद गौतम, मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैंडाकोटका सल्लाहकार देवीप्रसाद पौडेल, उद्योग वाणिज्य संघ गैंडाकोटका सल्लाहकार यमुनाथ आचार्यले बोल्नुभएको थियो ।

कार्यक्रममा स्वागत गर्दै विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सचिव व्यवसायीलाई जनउत्तरदायी बनाउँदै प्रवर्धनमा सघाउ पु¥याउन विजय एफएमले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

त्यस्तै विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपिनाथ खरेलले व्यवसाय मजबुत बनाउन मिडियाले पनि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले व्यवसायीसँग सहकार्य गर्दै अगाडी वढिरहेको अवस्थामा यसलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रमको सहजिकरण विजय एफएमका कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले गर्नुभएको थियो ।

 

Share.

Leave A Reply