राजनितिको फोहोरी खेल र भष्ट्रचार अन्त्य भए देशको मुहार आफै फेरिने : मन्त्री यादव

0

चितवन,भदौं १५-

उपप्रधान तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले राजनितिको फोहोरी खेल र भष्ट्रचार अन्त्य भए देशको मुहार आफै फेरिने बताएका छन् । वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले स्वास्थ्य शिक्षा जस्ता संवेदनशिल क्षेत्रलाई राजनैतिक भर्तिकेन्द्र बनाएर देशलाई बर्बाद पार्न नहुने बताए । उनले विदेशिले निर्माण गरिदिएका संस्थाहरुलाई देखाएर आफ्नो तारिफ र बहादुरी देखाउने परिपाटी अन्त्य हुनुपर्ने बताए । “हामीले गरेको प्रगती भनेकै दैनिक ५/७ हजार देशका जनशक्ति बाहिर निर्यात गर्ने र ५/७ वटा लाश नेपाल ल्याउने हो,उनले भने’,यसमा हामीले के गर्व गर्ने ?” मन्त्री यादवले विगतका कुरालाई छाडेर अब देश निर्माणमा लाग्नुपर्ने बताए ।


देशमा आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्ने भन्दै मन्त्री यादवले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा भएको ४ प्रतिशत लगानीले जनतालाई सर्वसुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने प्रष्ट पारे । देशका नागरिक स्वस्थ्य र शिक्षित भए देश आफै बन्ने मन्त्री यादवको दावी छ ।

क्यान्सरका विरामी उपचार गर्ने चिकित्सक र प्राविधिक देशमै उत्पादन गर्ने र उनिहरुको क्षमता नेपालमै प्रयोग गर्न सकिने मन्त्री यादवको भनाई छ । चितवनलाई मेडिकल सेन्टर बनाउन सवै कुराले सम्भावना भएकाले अन्य देशमा नागरिक पनि नेपालमै उपचार गराउन आउने अस्पतालको रुपमा क्यान्सर अस्पताललाई बिकसित गर्नुपर्ने मन्त्री यादवको भनाई छ ।
वी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरंग भवनमा रेडिएशन विभागमा नयां जडान भएको अत्याधुनिक लिन्याक मेसिन,सिटी सिमुलेटर र ब्राकिथेरापी मेसिनको सेवा समेत प्रारम्भ गरिएको छ ।

हाल २ सय बढी शैया संचालन भैरहेको अस्पतालमा नयाँ भवन निर्माणसंगै ४ सय ५० बढि शैया हुने भएको छ । नयाँ भवनमा २५० शैया थपिने भएकाले उपचारका लागि आएका बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply