राँगोको आक्रमणबाट घाइतेको निधन

0

काठमाडौँ, १४ फागुन । राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ ।

यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा आज त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो । नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आउनुभएको थियो । राँगोको आक्रमणबाट निधन भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरि बस्ने देवी राना र मानकाजी महर्जन घाइते हुनुभएको थियो । राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए ।-रासस

Share.

Leave A Reply