रथयात्रा भोली गैँडाकोटबाट देवघाट प्रस्थान गर्ने (फोटो फिचर)

0


गैँडाकोट ।  भगवद्रामानुजाचार्यको जन्मसहस्राब्दी वर्ष (एक हजार) को अवसर पारेर आयोजना गरिएको जगद्गुरु रामानुजाचार्यको सहस्राव्दी महोत्सव तथा धर्मजगरण रथयात्रा बुधबार आज पनि गैँडाकोट रहने छ । लक्ष्मी नृसिंह दिव्यधाम मन्दिर गैँडाकोट १ मा आज विशेष अर्चना तथा प्रवचन कार्यक्रम रहेको छ । रथयात्रा भोली विहान १० बजे देवघाट धाम प्रस्थान गर्ने छ ।


देवघाटधाम जाने क्रममा रथयात्रा गैँडाकोट १ मा रहेको राधाकृष्ण मन्दिर, बैँकटेश मन्दिर, लक्ष्मीहरि मन्दिर, शिलन्यास चोक, नारायणगढ नगरपरिक्रमा गर्दै देवघाटधाम पुग्ने बताइएको छ । बिहीबार हुने बृहत रथयात्रामा सरिक हुन स्थानीय, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, विभिन्न महिला समूह लगायतलाई आग्रह गरिएको श्रीवैष्णव महिला परिषद नवलपरासीका अध्यक्ष कौडिन्य याशोदीजीले जानकारी दिनुभएको छ ।


मेची महाकाली रथयात्रा बैशाख ३१ गते देवघाट पुगी समापन हुने छ । साथै बैशाख १ देखि ५ गतेसम्म चितवनको देवघाटधाममा विशेष यज्ञ गरेर जगद्गुरु रामानुजाचार्यको २७ फिट उचाई भएको मूर्ती स्थापना गरिने आयोजकले जनाएको छ । मुर्ति स्थापना भएसंगै रथयात्राको समेत समापन गरिने श्री वैष्णव परिषदका अध्यक्ष देवराजाचार्यले जानकारी दिनुभयो ।

मेचीमहाकाली रथयात्रा श्रीवैष्णव परिषद नेपाल, श्रीवैष्णव महिला परिषद्, श्रीवैष्णब युवा परिषदको संयुक्त आयोजनामा भएको हो ।

 

Share.

Leave A Reply