रत्ननगरमा मेलमिलापकर्तालाई तटस्थ भएर काम गर्न आग्रह

0


रत्ननगर १६ चैत । रत्ननगर नगरपालिकामा रहेका नयाँ तथा पुराना मेलमिलापकर्ताहरु बीच शुक्रवार परिचयात्मक कार्यक्रम गरिएको छ । पुराना १५ जना र हालसालै थप गरिएका ३७ जना मेलमिलापकर्ता बीच परिचयात्मक तथा अनुभाव आदानप्रदान कार्यक्रम गरिएको न्यायिक समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले तटस्थ भएर न्याय सम्पादनको काममा क्रियाशिल हुन मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष भूपेन्द्र अधिकारीले रत्ननगरको न्याय सम्पादनको काम नेपालमै नमुना रहेको बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी मेलमिलाप सम्बन्धी श्रोत व्यक्ति कविता अधिकारीले कसैलाई न्याय दिंदा दोश्रो व्यक्ति अन्यायमा पर्न नहुने बताउनुभयो ।

न्यायिक समितिकी संयोजक दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्तरीय मेलमिलाप समितिकी अध्यक्ष पार्वती न्यौपाने,न्यायिक समितिका सदस्य शालिकराम पराजुली,मेलमिलापकर्ताहरु ज्वाला पुरी वन,सीतादेबी शर्मा,लक्ष्मी चौधरी,रामशरण कुँवर लगायतले मन्तव्य राखेका थिए ।

Share.

Leave A Reply