रत्ननगरको बजेट १ अर्ब, विपन्नको भान्सामा सुधारिएको चुलो

0

??

रत्ननगर  १० असार । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का  लागि १ अर्व ५ करोड ३२ लाख रुपैया बरावरको वजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ५ करोड वरावरको वजेट ल्याएको हो । नगर सभामा उपमेयर विमलादेवी दुवाडीले बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि १ अर्व ५ करोडको बजेट ल्याउन लागेको बताउनुभयो ।
उपप्रमुख दुवाडीका अनुसार नेपाल सरकारबाट शशर्त अनुदान २८ करोड २० लाख,समानिकरण अनुदान १९ करोड १३ लाख,राजस्व वाँडफाँडमा ११ करोड ६९ लाख,प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख,शशर्त अनुदान ४ करोड ९६ लाख,राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख,सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ ।
त्यस्तै समपुरक अनुदान २ करोड,विषेश अनुदान २ करोड,सडक वोर्डबाट ८० लाख,प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाको वजेट रहने उपप्रमुख दुवाडीले वताईन् । क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख,सामाजिक विकासमा १ करोड ९३ लाख,संस्थागत विकास तथा सुशासनमा ३७ लाख,वातावरण तथा विपद व्यवस्थापनमा ८७ लाख,पुर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको उपमेयर विमला दुवाडीले जानकारी दिइन ।
मेयर नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने उल्लेख गरिएको छ । साथै नगरपालिकाले नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहाचोकमा आकासे पुल र एक वडा एक पुस्तकालय निर्माण गरिने मेयर नारायण वनले बताए । नीति तथा कार्यक्रममा पर्यटकीय पुर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन वसपार्क, पर्यटन सुचना केन्द्रको निर्माण, “नगर प्रमुखसँग उद्यमशिलता विकास” कार्यक्रम संचालन गरिनेछ ।
नगरपालिकामा सम्भावनाको क्षेत्रको रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिर्दै एक अत्याधुनिक शीत भण्डार निर्माण,“कृषि सूचना प्रणाली केन्द्र” को स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । जेष्ठ नागरिकलाई दैलोमा नै उपचार कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा विशेष ध्यान दिदै “पूर्ण सुरक्षित मातृत्व प्राप्त नगरपालिका” र “कुपोषण मुक्त नगरपालिका ”निर्माणका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने मेयर वनले जानकारी दिए । मानव र वन्यजन्तु बिचको सम्बन्धमा समायानुकुल सुधारका लागी सिमानामा पक्की पर्खाल तथा तारजाली लगाउने र  जंगल सिमाना सग जोडिएका बस्तीका बिशेष गरी वडा नं. ५,६,७,८,९र ११बासिन्दालाई जीवनबिमा गरिनेछ । नगरबासीहरुको खरको छानो ब्स्थिापित गरी टिनको छानो,सौचालय नहुने नगरबासीलाई सौचालयको व्यवस्था गर्ने,गरिब र बिपन्न घरधुरीलाई सुधारिएको चुल्हो वितरण गर्ने,सबै वडामा एकिकृत पुस्तकालय, खोपकेन्द्र र पार्कको व्यवस्था गरिनेछ । स्वास्थ्यको क्षेत्रमा बृद्धबृद्धा,  आर्थिक स्थिति कमजोर भएका गर्भवति महिलालाई सुत्केरी हुन अस्पताल लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने मेयर वनले बताउनुभयो । प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संशोधन सहित पारित भएको नगरप्रबक्ता राजेन्द्र हमालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply