रजहर जेसिसको साताव्यापी कार्यक्रम समापन , तथा निशुल्क स्वास्थ्य शिवीर

0

रजहर, मंसिर १

रजहर जेसिसले साताव्यापी कार्यक्रम अन्र्तगत आज निशुल्क स्वास्थ्य शिवीर गरेको छ । रजहर जेसिसले आयोजना गरेको नि शुल्क स्वास्थ्य शिवीरमा २ सय भन्दा बढिले स्वास्थ्य उपचार गराएका रजहर जेसिसका अध्यक्ष चित्रध्वज जिशीले बिजय एफएमलाई जानकारी दिनुभयो । स्वास्थ्य शिवीरमा रजहर प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो जेसिसले लक्षीत बर्गको स्वास्थ्य प्रति चिन्तित भएर कार्यक्रम गर्नु राम्रो पक्ष रहेको बताउनुभयो । उहाले अबका दिनमा समेतजेसिसले गर्ने हरेक कार्यक्रममा आफनो साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।


देवचुली नगरपालीका २ दिव्यपुरीमा लक्षीत बर्गलाई लक्षीत गरि गरिएको स्वास्थ्य शिवीरमा नशा रोग ,मानसिसक स्वास्थ्य, जनरल चेकअप हाडजोर्नी रोग सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराईएको थियो । साथै शिवीरमा निशुल्क औषधीको समेत दिईएको थियो । कलेज अफ मेडिकल साईन्सेसका न्युरोसर्जन डाक्टर जो एम दास, फिजीसियन डाक्टर मनोज मिश्र, फिजीसियन डाक्टर ज्योतीप्रकाश शाह, एच ए राकेश बस्नेत , स्टाफ नर्स रश्मि सापकोटाले स्वास्थ्य सेवा दिनुभएको थियो ।


यसैबिच आज नै रजहर जेसिसले आयोजना गरेको साताव्यापी कार्यक्रमको पनि समापन गरिएको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले जेसिसले गरेको सामाजिक काम प्रति प्रशंसा व्यक्त गर्नुभएको थियो । जेसिस जस्तै हरेक संघ संस्थाले समाजिक भुमिका निर्बाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला अनुसन्धान प्रमुख प्रहरी उपरिक्षक उपेन्द्र रावत , रजहर जेसिसका संस्थापक अध्यक्ष सुलोचना कुवर जिशी, महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धन माया खडका, धुसेरी सामुदायीक बनका अध्यक्ष लोक बशादुर क्षेत्री, गैडाकोट जेसिसका संस्थापक अध्यक्ष बद्री सापकोटा, २०१५ का अध्यक्ष प्रमेश आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन दुर्गा काफ्लेले गर्नुभएको थियो । कार्यक्रममको सहजिकरण महासचिब राजु केसीले गर्नुभएको थियो । कार्यक्रममा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बिजेता गैडाकोट जेसिस , देवचुली जेसिस र रजहर जेसिसलाई पुरस्कार बितरण गरिएको थियो ।

Share.

Leave A Reply