रजहर जेसिसको आजदेखि सप्ताहव्यापी कार्यक्रम

0


रजहर, २५ कार्तिक । रजहर जेसिसले आजदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यहि कात्र्तीक २५ गतेबाट शुरु हुने सप्ताहव्यापी कार्यक्रम मंसिर १ गतेसम्म संचालन हुने रजहर जेसिसका अध्यक्ष चित्रध्वज जिशीले बताउनुभयो । आज स्लो स्कुटर रेस प्रतियोगिता हुने भएको छ । अहिले बढिरहेको दुर्घटना न्यूनिकरण गर्न सचेतना स्वरुप कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । त्यस्तै सप्ताहाव्यापी कार्यक्रम अन्र्तगत रजहर शिवालय मन्दिर सरसफाई , निशुल्क स्वास्थ्य शिवीर, बोल्ने कला प्रशिक्षण , ट्राफिक सचेतना र गैडाकोट, रजहर, देवचुली र नवलपुर जेसिस बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता रहेको रजहर जेसिसका अध्यक्ष चित्रध्वज जिशीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply