रजहरमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

0

गैँडाकोट, १९ रजहर । नवलपरासी बर्दघाट सुस्ता पुर्व देवचुलीको रजहरमा दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नवलपुर र रजहर जेसिजको संयुक्त आयोजनामा जिल्लास्तरीय प्रतियोगीतामा साइनिङ तेक्वान्दो डोजाङ १० गोल्ड मेडल सहित प्रथम भएको छ । यसैगरी नमुना तेक्वान्दो डोजांग ७ स्वर्ण सहित द्धितिय तथा विजय सामुदायिक शिक्षा सदन ४ स्वर्ण पदक सहित तेस्रो भएको छ । प्रतियोगितामा महिला तर्फ बेष्ट प्लेयर चितवन डोजागंका छाँयादेवी आचार्य र पुरुष तर्फ भरतपुर डोजागंका सुचित पाण्डे बेष्ट प्लेयर हुनुभएको रजहर जेसिजका अध्यक्ष चित्रध्वज जिशिले विजय एफ एमलाई जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरिक्षक दीपेन्द्र जिशिले स्वास्थ्यका लागि खेलकुदका कार्यक्रम आवश्यक रहेको बताउँदै यस्तो खेलका आयोजनाले युवाहरुलाई सही बाटो लक्ष्य प्राप्तीका लागि अग्रसर बनाउने बताउनुभयो । यस्ता कार्यक्रमले कुलतमा जानबाट युवाहरुलाई रोक्न सहयोग पुग्ने समेत जिशिले बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथिमा दुम्कीबास त्रिवेणी क्रसरका सञ्चालक भोजेन्द्र बहादुर रायमाझी, देवचुली १६ का वडा अध्यक्ष केशरबहादुर क्षेत्री, सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका व्यवस्थापक हरि सापकोटा, रजहर जेसिजका संस्थापक अध्यक्ष सुलोचना कुँवर जिशि, राष्टिय तेक्वान्दो संघ नेपाल नवलपुरका अध्यक्ष कुशुम सुवेदी, समाजसेवी ललित बहादुर बोहरा, समाजसेवी प्रविन्द्रध्वज जिशि, झपेन्द्र भण्डारी रहनुभएको थियो । कार्यक्रम संयोजक इन्भेष्टमेन्ट फाइनान्सका प्रवन्धक तथा रजहर जेसिजका भाइस प्रेसीडेन्ट हरिप्रसाद सापकोटा रहनुभएको थियो । कार्यक्रम रजहर जेसिजका अध्यक्ष चित्रध्वज जिशिको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगितामा प्रमुख जुरी रेफ्रि निर्णायक तेक्वान्दो नवलपुर संघका सचिव हरि थापा रहनुभभएको थियो ।

Share.

Leave A Reply