यो सुन्न नपरोस् ! वैदेशिक रोजगारीका क्रममा २०७५ भरि ८ सय नेपालीको मृत्यु

0

गैडाकोट, १ बैशाख । आजबाट नयाँ बर्ष २०७६ साल सुरु भएको छ । धेरै पाटोहरु उत्साहजनक रहेपनि वैदेशिक रोजगार जाने नेपालीहरुको अवस्था भने चिन्ताजनक रह्यो ।

रोजगारीका लागि नेपालीहरु जाने देशहरुमा मलेसिया र साउदी अरेविया सबैभन्दा बढि असुरक्षित देखिएको छ । २०७५ सालभरि मलेसियामा मात्रै २ सय ५३ जना नेपालीले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार २०७५ वैशाख १ गतेदेखि चैत २९ गतेसम्ममा साउदीमा ज्यान गुमाउनेको सङ्ख्या २ सय जना रहेको छ । साउदीमा एक महिला र एक सय ९९ जना पुरुषको मृत्यु भएको हो ।

कतारमा एक सय ३१ र युएईमा ९२ जनाको मृत्यु भएको बोर्डको तथ्यांक छ । यस्तै कुवेतमा ३७, दक्षिण कोरियामा २०, बहराइनमा १२ र ओमानमा ५ जना नेपालीको मृत्यु भएको छ ।

२०७५ सालमा २३ जना महिला र ७ सय ५९ पुरुषले ज्यान गुमाएको बोर्डको तथ्यांक रहेको छ । यो बोर्डमा आर्थिक सहायता लिन आउनेहरुको तथ्यांकमा आधारित हो ।

Share.

Leave A Reply