योजना र इच्छाशक्ति भए नमूना काम गर्न सकिन्छ

0

बनेपा, माघ १४ 

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले संविधानमा उल्लेख भएका विषय वस्तुका आधारमा स्थानीय तहले पनि आफ्नो सापेक्षतामा धेरै नमूना काम गर्न सक्ने भएकाले जनप्रतिनिधिमा योजना र इच्छाशक्ति हुनुपर्ने बताउनुभएको छ ।

धुलिखेल नगरपालिकाको आयोजनामा आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘सूचनाको हक र स्थानीय सरकार सञ्चालन कार्यविधिसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’मा उहाँले स्थानीय तहले आचारसंहिता बनाएर काम गर्न सकेमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले नगरको विकास निर्माण र नगरपालिकाको काम, कर्तव्य र अधिकारका विषयमा कानूनले प्रदान गरेका अधिकार क्षेत्रहरुसँगै अनुभवका आधारमा गरिएको कामले नगरवासिन्दाको जीवनस्तरमा समृद्ध ल्याउन सक्ने बताउनुभयो ।

प्रत्येक गाउँ र नगर समृद्ध भयो भने मुलुक नै समृद्ध हुने भएकाले त्यसतर्फ आफू सदैब सचेत भएर काम गरिरहेको पनि उहाँले बताउनुभयो । -रासस

Share.

Leave A Reply