राष्ट्रगुरु योगीनरहरीनाथको प्रतिमा प्राणप्रतिष्ठा (अनावरण) रोट अर्पण, मन्दिर उद्घाटन हुदैं

0

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालीका १० कोटिहोमस्थली पितौजीमा राष्ट्रगुरु योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा (अनावरण) गरिदैंछ ।
श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीको आयोजनामा मंगलवार योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा गर्न लागिएको हो ।
रुद्री, जलधारा, दुग्दधाराका साथै सोमबार बिहान ८ बजेदेखी मंगलबार बिहान ८ बजे सम्म अखण्ड किर्तनको आयोजना समेत गरिएको श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीका सचिव यदुनाथ पोख्रेलले जानकारी दिनुभयो । उहाँले गोरखनाथ पिठका पिठाधिस योगी श्रीसनाथ, योगी बलभद्रनाथ लगायत नवनाथहरु उपस्थिती भईसकको बताउनुभयो ।
उहाँले मंगलबार गोरखनाथको प्रसादका रुपमा रोट बनाउने, ११ बजेदेखी विधिवत रुपमा गोरखनाथको पुजा, रोट अर्पण, राष्ट्रगुरु योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा, मन्दिरको उद्घाटन एवं प्र्रसाद ग्रहण लगायत विभिन्न अनुष्ठान हुने बताउनुभयो ।
६ महिना अघिदेखी शुरु गरिएको करिब ११ लाख रुपैयाँको लागतमा प्योगोडा शैलीको मन्दिर स्थापनापटि उद्घाटन गर्न लागिएको हो । मन्दिरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपालका विभिन्न मठका नौ नाथहरुको विशेष उपस्थितीमा हुने अनुष्ठानममा सोमवार रुद्री होम, दुग्धधारा लगायत कार्यक्रम गरिने श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो ।
राष्ट्रगुरु योगी नरहरिनाथ सत् संकल्पमा २०४५ सालमा मंसीर १५ देखि पुष १५ सम्म कोटिहोम लगाईएको थियो । सो समयदेखी निरन्तर पुजा अर्चना हुदैं आएको छ । विश्व शान्ती र वर्षासँग जोडिएकोले वातावरणको सुद्धी र शान्तीका लागि होम लगाउने यज्ञ गर्ने गरिएको योगी बलभद्रनाथले बताउनुभयो ।
विशेष कोटीहोम अवधिभर देशका विभिन्न स्थानबाट आएका विद्धानहरुले त्यस क्षेत्रको ऐतिहासीक, सांस्कृतिक तथा पुरातात्वीक महत्व, वन वनस्पति, जडिबुटी लगायतका विषयमा व्यापक छलफल गरिएको अध्यक्ष कँडेलले बताउनु भयो । धार्मिक पर्यटनको सम्भावना रहेको यस क्षेत्रको संरक्षणमा सवै लाग्नुपर्ने उहाँले बताउनुभयो ।

Share.

Leave A Reply