युवा हातहरुको साथः विजय एफएमको अभियानमा राहत

0

गैँडाकोट ५ भदौ ।
विजय एफएमले सुरु गरेको राहत अभियानमा सहयोग रकम संकलन जारी छ । विजय एफएमको बार्षिकउत्सवको अवसर पारेर सोमबार गैँडाकोट ९ थुम्सीबाट कृपा सापकोटा र सिर्जना कण्डेल ज्युले नगद रु १५ हजार ५ सय २ रुपैया प्रदान गर्नुभएको छ ।

वडा नं ९ का स्थानीयसंग विजय एफएमको राहत अभियानमा सहयोग पु¥याउने हेतुले आफुहरुले रकम संकलन गरेको वहाँहरुले बताउनुभएको छ । विजय एफएमको स्टुडियोमा आई रकम घोषणा र हस्तान्तरण गर्दै कृपा सापकोटा तथा सिर्जना कंडेलले आफुहरुको अभियानमा समुदायले साथ दिएको र समुदायको विस्वास विजय एफएम रहेको बताउनुभयो ।

लगातारको बर्षाले देशमा विभिन्न भागमा बाढीपहिराले क्षती पुगेको भन्दै आफ्ना चौधौ बार्षीक उत्सवका सबै कार्यक्रम रोकेर एफएम राहतमा जुटेको एफएमका स्टेशन म्यानेजर ध्रुवमणी पौडेलले जानकारी दिनुभयो । विजय एफएमको राहत अभियानमा हालसम्म नवलपरासी सहायता केन्द्र बेल्जीयमबाट १ लाख, विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजय विकास श्रोत केन्द्र, विजय लघुवित्तमा कार्यरत कर्मचारीको तर्फबाट १ दिनको तलब बराबरको रकम, विहादी गाउँपालीका खरिपाटा पर्वतका गोविन्द पराजुलीबाट १ हजार, गैँडाकोट ईंग्लीस स्कुल गैँडाकोटबाट बिद्यार्थी शिक्षक तथा कर्मचारीको तर्फबाट रु १५ हजार रकम सहयोग भएको छ । रेडियोमार्फत बाढी पिडित र पहिरोप्रभावितका लागी सहयोग गर्न चाहनुहुनेहरुले विकु बचत तथा ऋण सहकारी संस्थामा रहेको भिडिआरसीको खाता नं १०० मा रकम जम्मा गर्न सक्नुहुनेछ । खातामा जम्मा गर्न सम्भव नहुनेहरुले ९८५५०५१८०२ नंबरमा सम्पर्क गर्न तथा आईएमई गर्न सक्नेछन् । सहयोग गर्न चाहने महानुभावले रेडियोबाट आफ्नै आवाजमा रकम घोषणा समेत गर्न सक्ने रेडियोले जनाएको छ । विजय परिवारको संयुक्त प्रयासमा विपदमा परेकाहरुका लागी अभियान थालीएको विजय एफएमका संस्थापक अध्यक्ष एवं विजय विकास श्रोत केन्द्रका अध्यक्ष खेम सापकोटाले जानकारी दिनुभयो ।

 

Share.

Leave A Reply