युनीक बोर्डीङ स्कुललाई बालमैत्री बिद्यालय घोषणा गरिदैं

0

गैंडाकोट चैत्र २३ । गैंडाकोट नगरपालीका वडा नम्बर १६ मा रहेको युनीक बोर्डीङ स्कुलले बालमैत्री बिद्यालय घोषणाका लागी सम्पुर्ण तयारी पुरा गरेको छ ।

बालमैत्री बिद्यालय बन्नका लागी आवश्यक ३७ वटा सुचक पुरा गरीसकिएको युनीक बोर्डीङ स्कुलका प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिनुभयो । साविक अमरापुरीमा नै पहिलोपटक बालमैत्री घोषणा हुन लागेको यस बिद्यालयले बालमैत्री शिक्षा, बालमैत्री कक्षा, खेल सामाग्री, भौतीक संरचना सबै पुरा गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले गैंडाकोट नगरकार्यपालिकाको बैठकबाट पनि बालमैत्री बिद्यालय घोषाणको लागी निर्णय भईसकेको जनाउनुभयो ।

यहि चैत्र २८ गते विद्यालयलाई बालमैत्री बिद्यालय घोषणा गर्न लागिएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो । शनिबार बिद्यालयमा भएको शिक्षक अभिभावक सघंको बैठकले मिति तय गरेको हो । बैठकमा गैंडाकोट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गोर्वधन ज्ञवाली, जिल्ला समन्वय समिति सदस्य तथा शिक्षक अभिभावक सघंका अध्यक्ष वद्रिप्रसाद सापकोटा लगायत शिक्षक शिक्षिकाको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply