युनिक स्कुल बालमैत्री विद्यालय घोषणा

0


गैंडाकोट ।
गैंडाकोट १६ मा रहेको युनिक ईग्लिस  सेकेण्डरी स्कुललाई बालमैत्री विद्यालय घोषणा गरिएको छ । बिहिबार एक समारोहका बिच गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्नुभएको हो । नगरपालिकाले निर्धारण गरेका ३७ वटा सुचक सबै पुरा गरेपछि बिहिबार विद्यालय प्राङ्गणमा बालमैत्री विद्यालय घोषणा गरिएको हो । स्थानीय शासन ऐन अन्र्तगत विद्यालयको हकमा नगरपालिकाले निर्धारण गरेका सुचक पुरा गरेसंगै बालमैत्री विद्यालय घोषणा गर्न सकिने प्रावधान रहेको छ ।


कार्यक्रम मा बोल्दै नगर प्रमुख पौडेलले अब गैडाकोट नगरपालिका लाई नै बालमैत्रि नगरपालिका गराउनका लागि अगाडि बढ्ने बताउदै यसका लागि सम्पूर्ण नगरवासी यस काममा हातमा हात मिलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले साविक अमरापुरि र मुकुन्दपुर मै पहिलो बालमैत्रि बिद्यालय बन्न सफल भएकोमा युनिक बोडिङ स्कुललाई शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै गैडाकोट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गोवद्धन ज्ञावालीले आफ्नो वडामा रहेको बिझालय बालमैत्रि बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै वडा लाई पनि बालमैत्रि बनाउन काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष भरतबाबु कंडेलले विद्यालय बालमैत्री बिधालय घोषित भएकोमा बधाइ दिदैं संस्थागत विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदान अमुल्य रहँदै आएको भन्दै निति निर्माताले मुल्याकंन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखाका अधिकृत दिपा घिमिरे शुभकामना मन्तब्य राख्दै बालमैत्री घोषणा संगै महत्वपूर्ण कार्यभार थपिएको अवगत गराउँदै कार्यान्वयको पक्षमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नगरपालिकाका निमित्त कार्यालय प्रमुख ऋषीराम शर्मा, गैंडाकोट नगरपालिका भित्रका वडा अध्यक्ष कोकिसरा रानामगर, रामकुमार श्रेष्ठ, गोर्वद्धन ज्ञवाली, रत्नबहादुर खड्का, प्रदेश स्तरीय बाल सञ्जाल गण्डकी प्रदेशका सचिव आश्मा अर्याल लगायतकाको उपस्थिति रहेको थियो ।

बिद्यालयका प्रधानाध्यापक राम शर्माले बालमैत्री बिद्यालय घोषणा गर्देमा आफ्नो कर्तव्य पुरा नभएको र बालबालिकाको मनोभावना अनुसार अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक गायक प्रकाश सपुतको पनि बेजोड प्रस्तुति रहेको थियो । कायक्रम शिक्षक अभिभावक सघ का अध्यक्ष बद्रीप्रसाद सापकोटा को अध्यक्षयतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply