युथ भिजन ग्रुप काठमाडौंले युवाहरुका वाक कलाको बिकास गराउने उद्देश्यले राष्टब्यापी “ओपन स्पिच कम्पिटिसन” गर्ने

0

भदौं, १५

युथ भिजन ग्रुप काठमाडौंले युवाहरुका वाक कलाको बिकास गराउने उद्देश्यले राष्टब्यापी “ओपन स्पिच कम्पिटिसन” गर्ने भएको छ । ग्रुपले उक्त प्रतियोगिताका लागि असोजको पहिलो हप्ता सम्म निवेदन दिन सकिने जनाएको छ । छनोट चरणमा प्रतियोगीले आफुलाई मन परेको बिषयमा ३ देखि ५ मिनट सम्म बोल्न पाउने छन् । अन्तिम चरणमा भने निर्णायकले दिएको बिषयमा बोल्नु पर्ने ग्रुपका प्रबन्ध निर्देशक छबि शर्माले बताए । सो कार्यक्रम बिभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण समेत गरिनेछ प्रबन्ध निर्देशक शर्माले थपे ।
प्रतियोगीतामा प्रथम हुनेलाई रु २५००० नगद, दोश्रो र तेश्रोलाई क्रमशः १५ हजार र १० हजार प्रदान गर्नेछन् । त्यसै गरी उनीहरुले बिभिन्न भ्रमण प्याकेज पायनेछन भने युथ भिजन टोस्ट मास्टर्स क्लबको लागी एक बर्षको निःशुल्क सदस्यता समेत पाउने प्रबन्ध निर्देशक शर्माले बताए ।
युवाहरुलाई वाक कला सम्बन्धि बिभिन्न किसिमका तालिम प्रदान गर्दै आएको सस्थाबाट ६ सय भन्दा बढि युवाले वाककला सम्बन्धि तालिम प्राप्त गरीसकेका छन् । आयोजकले यस्तो प्रतियोगिता सम्भवत नेपालमै पहिलो पल्ट आयोजना गर्न लागिएको दाबी गरेका छन् ।

Share.

Leave A Reply