“म जनताको काम गर्न आएकी हुँ, राम्रो कामकालागि कसैको असहयोग हुन्छ भन्ने लाग्दैन”

0

“सर्वप्रथम त गैँडाकोटमा रहेका सानाठूला समस्याको पहिचान गरी त्यसलाई समाधानका लागि योजना बनाउँछु । जसका लागि अग्रज , बुद्धिजिवि , राजनीतिक दल र सरोकारवाला संग छलफल गर्ने छु । गैँडाकोटका हरेक वडाको फरक विशेषता छ । त्यसको विशेषतालाई मूल्याकंन गर्दै कुनै वडामा कृषिमा प्रोत्साहन गर्ने, कुनै वडामा धार्मिक पर्यटकीय विकास गर्ने, कहिँ सम्भाव्यता हेरी औद्योगिक विकास गर्ने, योजना हरु ल्याउने प्रतिवद्धता जाहेर गर्दछु । ”

विष्णुकुमारी कँडेल,            उप–मेयर                  गैंडाकोट नगरपालिका

नमस्कार यहाँलाई स्वागत छ 

धन्यवाद छ ।

उप मेयरमा विजयी भएपछि कस्तो महशुस गरिरहनुभएको छ ?

मलाई एकदमै खुसीको अनुभुति भईरहेको छ । म मात्रै नभईकन सवै मतदाता खुसी नै हुनुहुन्छ भन्ने लागेको छ । जनप्रतिनिधी आएपछि विकास हुनेमा नगरवासी खुसी छन् यसमा म पनि उत्साही छु । जिम्मेवारी थपिएको छ । त्यो पुरा गर्ने अठोटका साथ आएकी हुँ र म त्यो पुरा गर्छु नै ।

 

कसरी जित्नुभयो ?

मतदाताहरुले मलाई विश्वास गर्नुभयो । हाम्रो पार्टी नेपाली काँग्रेश राष्ट्रिय रुपमा नेतृत्व गर्ने लोकतान्त्रिक र पुरानो पार्टी हो । यस प्रति आस्था राख्ने विश्वास गर्ने , धेरै हुनुहुन्छ । त्यसले पनि म प्रति मतदाताले अमूल्य मत दिनुभयो । अर्को लामो समय देखि म यही क्षेत्रमा कृयाशील रही विभिन्न सामाजिक कार्यमा सहभागि हुँदै, जनताको घरदैलोमा भिजेको गैँडाकोटकै छोरी हुँ । त्यसैले पनि मतदाताले म माथि विश्वास गर्नुभएको हो भने लाग्छ ।

 

के छन् यहाँका योजना ?

सर्वप्रथम त गैँडाकोटमा रहेका सानाठूला समस्याको पहिचान गरी त्यसलाई समाधानका लागि योजना बनाउँछु । जसका लागि अग्रज , बुद्धिजिवि , राजनीतिक दल र सरोकारवाला संग छलफल गर्ने छु । गैँडाकोटका हरेक वडाको फरक विशेषता छ । त्यसको विशेषतालाई मूल्याकंन गर्दै कुनै वडामा कृषिमा प्रोत्साहन गर्ने, कुनै वडामा धार्मिक पर्यटकीय विकास गर्ने, कहिँ सम्भाव्यता हेरी औद्योगिक विकास गर्ने, योजना हरु ल्याउने प्रतिवद्धता जाहेर गर्दछु ।

 

त्यो पुरा गर्न सम्भव छ ?

असम्भव केही पनि हुँदैन । केही योजना पुरा गर्न समय लाग्ला, तर पुरा गर्न सकिदैन भन्ने लाग्दैन । यो स्वभाविक हो । हिजो जनप्रतिनिधी नहुदाँ जनता पनि अलमलमा थिए । अब भन्ने ठाउँ पाईयो भन्ने पनि उहाँहरुलाई छ । वडामा पनि प्रतिनिधी छन् । त्यसैले जनताका आशाहरु धेरै छन् । उहाँहरुको आशा र भरोसा मर्न दिनहुन्न । जुन क्षेत्रमा जस्तो समस्या छ त्यसलाई चिर्दै योजना बनाएर हामी काम गर्छौ ।

 

गैंडाकोटको खास मुख्य समस्या के देख्नुभएको छ ?

गैंडाकोटका समस्या ठ्याक्कै यहि हो भनेर भन्दा पनि समस्या धेरै छन् । युवा बेरोजगारको समस्या छ कति विदेशिएका छन् । बाटोघाटोको समस्या छ । बिजुली, बिद्यालय स्तरोन्नतीको समस्या छ । स्वास्थ्यमा पहुँछ छैन । कहाँ कस्तो समस्या ति क्षेत्रका समस्या पहिचान गरी सवै पार्टीको घोषणापत्र अध्ययन गरि प्राथमिकरण गर्दै विस्तारै विस्तारै ति कामलाई अगाडी वढाउन लाग्नेछु ।

 

गैंडाकोटको फोहर व्यवस्थापनबारे के सोच्नुभएको छ ?

म गैंडाकोट बस्न थालेको ३३ वर्ष भईसक्यो । पहिले गाविस हुदाँ हामी आफैं व्यवस्थापन गरेका थियौं । तर अहिले कुरा आउन थालेको छ । त्यो हामी आफै व्यवस्थापन गर्न सक्छौं । तर जुन गर्न सकेनौं त्यो फोहरलाई वर्गिकरण गर्दै मोहरमा परिणत गर्ने कामम म लाग्ने छु । जंगलमा लगेर थुपार्ने मात्रै होईन जैविक मल बनाउने हो की पुनः प्रशोधन गर्ने हो की नगरपालिकामा नै पनि वातावरण विभाग छ उ सँग छलफल गरेर यो व्यवस्थापनमा म लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

 

उपमेयरले न्यायपालिकाको विभागिय जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ, सम्हाल्न सक्नुहुन्छ ?

हो यहाँले सहि कुरा गर्नुभयो, सुन्दा न्यायपालिकाको जिम्मेवारी गाह्रो जस्तो लाग्ला तर मैले गाह्रो देखेको छैन । हिजोका दिनमा पनि हामीले अनौपचारिक रुपमा गाउँटोल छरछिमेक नगरका मुद्धामामिलाहरुलाई मेलमिलाप गराउने काम गरेका थियौँ । यसमा मेरो लामो अनुभव पनि छ । अहिले त्यसैलाई संविधानले प्रत्याभूत गरेको हो । अब केही समयमै यहाँलाई अनुभूत हुने गरी न्यायिक समितिको परिपूर्ति र काम पनि सुरु गर्ने छु । यसका लागि केही प्राविधिक पक्षहरुमा भने विज्ञबाट सल्लाह लिन पनि सकिन्छ ।

 

चुनौती धेरै छन्, मेयर नै अर्को पार्टीका छन्, कत्तीको गाह्रो देख्नुहुन्छ ?

हो केही चुनौती छन् । समस्या आउँछन् आउलान् तथापी म त्यती कमजोर पनि छैन । त्यो कार्यविधी अनुसार नियम, निती अनुसार अघि वढ्न सकियो भने त्यति जटिल छ भन्ने मलाई लाग्दैन । जुनसुकै पार्टी भएपनि उत्तर दायि भनेको जनता प्रति नै हुने हो । र म जनताको काम गर्न आएकी हुँ । राम्रो कामकालागि कसैको असहयोग हुन्छ भन्ने लाग्दैन ।

 

हवस् यहाँको कार्यकालको पुनः सफलताको शुभकामना

हामीलाई प्रतिनिधी छनोट गरेर पठाउनु त भयो तर हामीलाई सवैको साथ र सहयोगको चाहिन्छ यो अपेक्षा सहित तपाँई र सम्पूर्ण मतदाता, सुरक्षा निकाय, नगरपालिकाका कर्मचारी, निर्वाचन अधिकृतको कार्यालय लाई पनि धन्यवाद छ ।

Share.

Leave A Reply