मौसममा आंशिक बदली

0

काठमाडौँ, १२ फागुन । आज रातिदेखि देशभरको मौसममा सामान्यतया बदली भई पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ ।

मौसमी बदलीसँगै सोमबार पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार पश्चिमी क्षेत्रमा मौसममा सामान्यतया बदली रही उच्च पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।-रासस

Share.

Leave A Reply