मौलिक हक सम्बन्धि सबै बिधेययक पारित

0


काठमाडौँ, ३ असोज । संघीय संसद सचिवालयले मौलिक हक सम्बन्धि सबै विधेयक संसदबाट पारित भएको जानकारी दिएको छ । आज प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त पत्रकार सम्मेलन गरी संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि सबै कानुन तोकिएकै समय भित्र पारित गरिएको जानकारी दिनुभयो ।  सभामुख महराले असोज ३ गतेभित्र निर्माण गरिसक्नु पर्ने मौलिक हकसँग सम्बन्धित सबै कानुन निर्माणको काम विधिसम्मत ढंगले पूरा गरिएको जानकारी दिनुभयो । सरकारले केही विधेयक ढिला गरी ल्याएपनि त्यसलाई प्रक्रिया अनुसार नै पारित गरिएको सभामुख महराले बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक व्यवस्था अनुसार पारित गर्नुपर्ने विधेयक संसदमा पेश गर्न सरकारलाई आग्रह गरिरहेको जानकारी दिनुभयो ।  मौलिक हकसँग सम्बन्धित कानुन निर्माण कार्य पहिलो प्राथमिकतामा भएकाले संसदको वर्षे अधिवेशनमा यो विधेयकलाई उच्च प्राथमिकता दिनु परेको उहाँको भनाई थियो । भदौं ३१ गतेसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाले मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन पारित गरेको थियो ।

Share.

Leave A Reply