मौलाकालि सामुदायिक वनमा ईको टुरिजमको प्रवल सम्भावना

0


गैँडाकोट, ३ श्रावण । मौलाकालि सामुदायिक वनमा ईको टुरिजमको प्रवल सम्भावना रहेको नवलपरासीका जिल्ला वन अधिकारी विजयराज सुवेदीले बताउनुभयो । मौलाकालिका मन्दिर जस्तो प्राचिन र ऐतिहासिक मन्दिर र यसको भौगोलिकताले पर्यटनको क्षेत्रमा सहायक सिद्ध रहने बताउनुभयो । बिहिबार मौलाकालि सामुदायिक वनको सभाहलमा भएको वृक्षारोपण कार्यक्रम तथा वन वातावरण र जैविक विविधता सम्बन्धी प्रशिक्षण कार्यक्रमको समुद्घाटन सत्रमा सुवेदीले वन रुख मात्र नभएर वस्तु र सेवा दुबै प्राप्त हुने पारिस्थिति प्रणालीको रुपमा वनलाई हामी सबैले बुझ्नुपर्ने बताउनुभयो ।


जिल्ला वन उपभोक्ता महासंघका  ठाकुरप्रसाद पाण्डेले मौलाकालि सामुदायिक वन जिल्लाकै प्रवेशद्धारमा रहेका कारण यसको व्यवस्थापन, आन्तरिक सुशासन र पर्यटनको अभियान अरु वनका लागि अनुकरणीय रहने बताउनुभयो । नेपाल सरकारको वन कार्यक्रम सबै भन्दा उपलब्धी मूलक रहेको बताउँदै पाण्डेले अब स्थानीय तहबाट त्यस उपलब्धीको रक्षामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।


यसेैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैँडाकोट सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष खगराज सापकोटाले काठको विक्रिका सन्दर्भमा विचौलीया प्रवृत्ति रोक्न जिल्ला वन अधिकारी समक्ष ध्यानाकर्षण गराउनुभएको थियो । बाह्य विक्रि वितरणलाई रोकी स्थानीय रुपमा नै खपत हुने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैँडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, सल्लाहकार समितिको तर्फबाट शालिकराम सापकोटा, बृक्षारोपण उपसमिति संयोजक धना पौडेलले वनको महत्वमाथि प्रकाशपार्दै संरक्षणमा जोड दिनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिप्रसाद सापकोटाले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण वनका सह सचिव बेदप्रसाद गौडेलले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय नवलपरासीका योगेन्द्र बहरखेर, सेक्टर वन कावासोतीका प्रमुख कृष्णबहादुर देवकोटा, मुकुन्दसेन इलाका वन कार्यालय प्रमुख ज्योति कोइराला, विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्ष मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेलले गर्नुभएको थियो । कार्यक्रम समापन लगत्तै कार्यालयको दायँभागमा रहेको पाखामा विभिन्न जडिबुटीका विरुहरुको वृक्षारोपण गरिएको थियो । वन वातावरण र जैविक विविधता सम्बन्धी प्रशिक्षण कार्यक्रम भोली बाट सुरु हुने वनका सहकोषाध्यक्ष कमलराज कंडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply