मौलाकालिका मन्दिर प्रवेश मार्ग सरसफाई

0

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट १ स्थित मौलाकालिका मन्दिर प्रवेश मार्गमा मंगलबार बिहान सरसफाई गरिएको छ ।

विजय एफएम, विजय खबर पत्रिका, ईलाका प्रहरी कार्यालय गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र गैंडाकोट, गैंडाकोट नगरपालिका वडा नम्बर १ को कार्यालय, गैंडाकोट १ मा रहेका विभिन्न टोल विकास संस्थाको संयुक्त आयोजनामा मंगलबार बिहान सरसफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत मौलाकालिका प्रवेशद्वार, फेदी आसपास, सिंढीमार्ग, बनभोज स्थल लगायतका क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रनानी दामोदर भट्राई, सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष चित्रकुमारी गुरुङ, गैँडाकोट १ वडा सदस्य देवी विक लगायतको सहभागिता रहेको थियो ।

 

Share.

Leave A Reply