मौलाकालिका मन्दिर पुगेर प्रचण्डले देखे – धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना

0


गँैडाकोट, १९ कार्तिक । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलाकालिका मन्दिरको दर्शन तथा अवलोकन गर्नुभएको छ । गैँडाकोट १ मा रहेको मौलाकालिका मन्दिर पुग्नुभएका प्रचण्डले मौलाकालिका मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन योग्य रहेको बताउनुभयो । करिब १७ सय खुड्कीला उक्लेरै मन्दिर पुगेपछि प्रचण्डले यस क्षेत्रलाई स्वास्थ्य पर्यटकीय क्षेत्र समेत बनाउन सकिने बताउनुभयो । यस क्षेत्रमा मात्रै नभई दशमै प्रख्याती कमाउन सकेको यस मन्दिरलाई राज्यका तर्फबाट पनि हुने सहयोगका लागि पहल गर्ने प्रचण्डले आश्वासन दिनुभएको छ । प्रचण्डले मौलाकालिका मन्दिर करिब १ घण्टा विताउनुभएको थियो । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले सानो औपचारिक कार्यक्रम गरी मन्दिरका बारेमा प्रचण्डलाई जानकारी दिएको थियो । कार्यक्रममा मन्दिरका प्रमुख सल्लाहकार तथा पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महतले मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने पहल प्रचण्ड प्रधानमन्त्री हुने बेलामा केही योजना प्रस्तुत गरिएको समेत जानकारी दिनुभयो । अब भने उहाँले मन्दिरको अवलोकन गरेर सम्भावना देखेपछि मन्दिरप्रति सहयोगका लागि पहल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य मन्दिरका उपाध्यक्ष काशीनाथ कंडेलले राख्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले गर्नुभएको मन्दिरका सदस्य भूमिश्वर शर्माले जानकारी दिनुभयो । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनकालागि प्रचण्ड चितवनमा रहनुभएको छ । उहाँ चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको निर्वाचनकालागि मैदानमा हुनुहुन्छ । उहाँका प्रतिद्धन्दि राप्रपा प्रजातान्त्रिका नेता विक्रम पाण्डे हुनुहुन्छ ।

Share.

Leave A Reply