मौलाकालिका मन्दिर घुम्न जाउ” बोलको गीत सार्बजनिक

0

नबिन सुबेदी , बैशाख ५ ,गैडाकोट,

मौलाकालिका मन्दिरको “मौलाकालिका मन्दिर घुम्न जाउ” बोलको गीत सार्बजनिक भएको छ |

लुम्बिनी अञ्चल नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका १ जजुवा बाघघोर बाट करिब १६८३ खुट्किला पार गरेर पुग्न सकिने मौलाकालिका मन्दिर धार्मिक द्रिस्ठि कोर्णले निकै प्रचलित मन्दिर हो र यहाँ दिनानु दिन मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको भिडभाड लागिरहेको हुन्छ | यहि मौलाकालिका मन्दिरलाई अझै विश्व भरि चिनाउने उधेस्य ले मन्दिरको बारेमा गीत बनाइएको छ .| बरिस्ठ साहित्यकार गोबिन्द राज बिनोदिको शब्द तथा चर्चित संगीतकार बिशाल ढकाल को संगीत रहेको छ | चर्चित गायक राजेश पायल राइ र गायिका सरु पराजुलीको स्वोरमा मौलाकालिका मन्दिर घुम्न जाउ बोलको गीत youtube मार्फत सार्बजनिक भएको छ |

nepal youtube युटुब च्यानल बाट सार्बजनिक गरिएको गीतलाई नरेन्द्र सिंह ले सुन्दर तरिकाले खिच्नु भएको छ भने अर्जुन पोखेलले सम्पादन गरेको भिडियो लाइ चर्चित गायक सशान कंडेल ले निर्देशन गर्नु भएको छ | गीत को भिडियो मा गणतन्त्र नेपालका प्रथम रास्ट्रपति राम बरण यादव , प्रथम महिला रास्ट्रपति बिदध्वा देवी भण्डारी लाइ देखाइएको छ भने बाबा रामदेव र आचार्य बालकृष्ण लाइ पनि देख्न सकिन्छ |

रास्ट्रिय तथा स्थानीय ब्यक्तित्यहरु , साहित्यकारहरु ,कलाकारहरु सरोज खनाल राजेश हमाल ,सिद्धि चरण श्रेष्ठ ,अमर बिरही गुरुङ ,प्रेम बिनोद नन्दन , गोबिन्द राज विनोदी ,डा मति प्रसाद ढकाल ,केदार नाथ खनाल ,रेशम लाल श्रेष्ठ , सरिता लामिछाने ,दीपक खड्का ,दिपक प्रधान , बि पी वाग्ले ,हिमाल रिजाल ,सशान कंडेल , बिशाल ढकाल ,सुरेन्द्र अस्तफल, अर्जुन अस्तफल ,भुपिन, दुर्गा सापकोटा , कृपा लगायत का व्यक्तिहरुको साथै , महिला समुह , लियो, लायन्स कलब , गैडाकोट खेलकुद समिति ,भू पु सैनिक लगायत बिभिन्न संघ सस्था तथा व्यक्ति हरुलाइ समाबेस गरिएको छ |

गीतलाई राम्रो बनाउन हामीले धेरै मेहनत गरेर शब्द लाइ चित्रमा उतारेका छौ भन्नुहुन्छ निर्देशक सशान कंडेल | मौलाकालिका मन्दिरलाई अझै चिनाउन सकोस गीतको सफलताको शुभकामना…..

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    स्टेशन म्यानेजर : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सम्बादाता : प्रेम क्षेत्री
    : लक्ष्मी पौडेल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार प्रमुख : गोविन्द लामिछाने 9847289940
    बरिष्ठ बजार प्रतिनिधि : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro