मौलाकालिका मन्दिरमा दर्शन गरि फर्कदै गरेका भक्तजनको सिक्री चोर्ने चोर पक्राउ

0

प्रेम क्षेत्री, गैंडाकोट । नवलपरासीको गैंडाकोट १ मा मौलाकालिका मन्दिरबाट दर्शन गरि फर्कदै गरेकी एक भक्तजनको सिक्री चोर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरेर जंगलतर्फ भागेका अन्दाजी ३५ वर्षका एक युवकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरिक्षक दिवस जिसीले आग्रह गर्नुभयो । मौलाकालिका फेदी गणेश मन्दिर नजिकै भरतपुर ११ की राधिका पोखरेलको सिक्री चोरी भएको हो ।

चोरले घाटीमा लगाएको सिक्री तान्दा आधा चुडेको र सोही चोरेर भागेको पोखरेलले बताउनुभयो । उनको साथबाट प्रहरीले चोरी भएको सिक्रि समेत बरामद गरेको छ । चोरी पछि जंगल र नजिकको वस्तिमा खोजतलास गर्दा उनि केलादीबाट पक्राउ परेका हुन् । प्रहरीले अनुसन्धानका लागि भन्दै उनको नाम गोप्य राखेको छ ।

Share.

Leave A Reply