मौलाकालिका मन्दिरमा दर्शन गरि फर्कदै गरेकी एक भक्तजनको सिक्री चोरी

0

प्रेम क्षेत्री, गैंडाकोट । नवलपरासीको गैंडाकोट १ मा मौलाकालिका मन्दिरबाट दर्शन गरि फर्कदै गरेकी एक भक्तजनको सिक्री चोरी भएको छ ।

मौलाकालिका फेदी गणेश मन्दिर नजिकै भरतपुर ११ की राधिका पोखरेलको सिक्री चोरी भएको हो । अन्दाजी ३५ वर्षका ति युवकले सिक्री चोरेर जंगलतर्फ भागेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । प्रहरीले अहिले खोजीकार्यलाई तिव्र पारेको छ ।

आर्मी कट कपाल काटेका, कालो पाईन्ट तथा खैरो कोठे सर्ट लगाएका ति व्यक्तीले चोरेको हुदाँ संका लागेमा ईलाका प्रहरी कार्यालय गैंडाकोटमा सम्पर्क गरि दिनहुन ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख एवं प्रहरी निरिक्षक दिवस जिसीले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply