मौलाकालिका गण्डकी प्रदेशकै शान, नवलपुरबासी आफ्नै प्रदेश हुदैं राजधानी जान पाउँछन् ः राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

0

प्रेम क्षेत्री, कार्तिक ७ गैंडाकोट । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपुरबासीलाई आफ्नै प्रदेश राजधानी जाँदा आउँदा अन्य प्रदेशका बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

गैंडाकोटमा रहेको मौलाकालिका भगवतीको दर्शनपछि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कालिगण्डकी करिडोरको बाटो हुदैं पोखरा जान सकिने गरि काम भईरहेको र सो कार्यलाई छिटो गर्न पहल गर्ने बताउनुभयो । हाल नवलपुरबासी प्रदेश ३ को चितवन र प्रदेश ५ को बुटवल हुदैं पोखरा जानुपर्ने अवस्था छ ।

साथै उहाँले मौलाकालिका गण्डकी प्रदेशकै शान भएको बताउँदै यसको स्तरोन्नतीका लागी सहयोग गर्ने बताउनुभयो । मौलाकालिका धार्मीक, पर्यटन र स्वास्थ्यका हिसाबले पनि उचित गन्तव्य रहेको उहाँको भनाई थियो । उहाँले नारायणी नदिको तटबन्धन गर्दै पदमार्ग, स्थलमाग, जलमार्ग बनाउन सकिने भन्दै यस क्षेत्रका ४ वटै नगरपालिका र एउटा गाँउपालिका लाग्नुपर्ने बताउनुभयो । त्यसको समन्वय जिल्ला समन्वय समितिले गर्दा अझ ठिक हुने उहाँको भनाई थियो ।

संघिय कानुन नबन्दा केही आफ्ठ्यारो भएको महशुस गरेको जनाउँदै उहाँले हिउँदे अधिवेशनमा छिटो भन्दा छिटो बनाएर स्थानिय सरकारलाई चुस्त दुरुस्त गतीका साथ काम गर्नेगरी बतावरण बनाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्तपूर्व) निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य तिलक महतले लुम्बीनी, मुक्तीनाथ र मौलाकालिकालाई सँगै लिएर जानुपर्ने बताउनुभयो । त्यसका लागि वार्षीक योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।
प्रदेश सांसद रोशनबहादुर गाहा मगरले पोखरा, मौलाकालिका हुदैं गजेन्द्र मोक्षधाम जाने बाटो तथा गुरुयोजना निमार्णमा तदारुकताका साथ लाग्ने बताउनुभयो ।
नवलपरासी (वर्दघाट सुस्तपूर्व) प्रमुख जिल्ला अधिकारी दिपक नेपालले मौलाकालिका मन्दिरको छुट्टै अस्तित्व रहेको बताउँदै क्रमिकरुपमा विकासको जरुरी रहेको बताउनुभयो ।
गैंडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले मौलाकालिका मन्दिरको विकासका लागि नगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो । साथै उहाँले मौलाकालिका, मुकुन्दसेन र कैलाश सन्यास आश्रमको संयुक्तरुपमा विकास गर्न आवश्यक रहेको बताउँदै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधी तथा प्रदेश सांसदको ध्यानाकर्षण गराउनुभएको थियो ।
मन्दिरका प्रमुख सल्लाहकार, पुर्व प्रहरी नायब महानिरिक्षक ज्ञानेन्द्रविक्रम महतले प्रहरीसँगको सहकार्यमा २६ वर्षदेखी निरन्तर विकासमा क्रियाशिल रहेको बताउनुभयो ।
कार्यक्रममा मन्दिरका संस्थापक अध्यक्ष डिलाराम कंडेल, जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्तपूर्व) का प्रमुख, प्रहरी उपरिक्षक रमेश थापा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका स्वकिय सचिव गोविन्द पौडेल, पुर्व राजदुत मायाकुमारी शर्मा, गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, देवघाट क्षेत्र विकास समितिका कार्यबहाक अध्यक्ष मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरी रिमाल, वडाध्यक्षहरु हरिप्रसाद सापकोटा, ध्रुवराम पौडेल, शिवकान्त तिवारी, चोलानाथ उपाध्याय, गोविन्द सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

धार्मीक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष काशिनाथ कंडेलले स्वागत गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव सुरेन्द्र रेग्मीले गर्नुभएको थियो । कार्यक्रम मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply