टावर, पावर र आवर नै अब रेडियोको सवल पक्ष

0

टावर, पावर र आवर नै रेडियोको सबल पक्ष


गैँडाकोट । सुने जितिन्छ विजय एफ एम १०१.६ ले दशैँको अबसर पारेर मौलाकालिका मन्दिर परिसरबाट आफ्नो सम्पूर्ण प्रसारण सुरु गरेको छ । रेडियोको स्तर उन्नतीको क्रममा मौलाकालिका मन्दिर परिसरमा बनाइएको टावरबाट आफ्नो प्रसारण सुरु गरेको हो । अब नवलपरासी, चितवन, रुपन्देही, मकवानपुर र तनहुँमा पूर्णरुपमा सुन्न सकिने भएको छ । मौलाकालिका मन्दिर परिसरमा बुधबार भएको कार्यक्रममा बोल्दै अधिकांश वक्ताले रेडियोको टावर, पावर र आवर नै अब रेडियोको सवल पक्ष भएको बताएका छन् । यसैगरी रेडियो स्थापनाका परिकल्पनाकार मध्येका एक हस्ती तथा रेडियोको प्रवर्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाले लामो समय देखिको परिकल्पना पूरा भएको बताउनुभएको छ । समाजमा सकरात्मक परिवर्तनका लागि, सुशासन र खबरदारीका लागि स्थापित विजय एफ एम १०१.६ को प्रसारण क्षेत्र विस्तार गर्ने परिकल्पनालाई मौलाकालिकाको टावरबाट गरिएको प्रसारणले सहयोग पुर्याउने सापकोटाले विश्वास व्यक्त गर्नुभएको छ ।


यसैगरी धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले तीन वर्ष अघि नै टावर राख्न दिइएको अनुमतिले आज सार्थकता पाएको बताउनुभयो । गैँडाकोट नगरपालिका वाड नं. १ का अध्यक्ष हरिप्रसाद सापकोटाले समुदायमा सुशासनका लागि खबरदारी गरिरहेको रेडियोको प्रसारण क्षेत्र बढेकोमा खुसी हुँदै भन्नुभयो “ सामाजिक परिवर्तनका लागि पहरेदारी गर्दै आइरहेको रेडियोका लागि अब सुशासनको खबरदारी गर्न क्षेत्र विस्तार भएको छ ।”


यसैगरी विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले समुदायको प्रवर्धनका लागि रेडियोको प्रसारण क्षमता विस्तार गर्न मौलाकालिकामा टावर राखिएको बताउनुभयो । खरेलले पछिल्लो समय रेडियोबाट प्रसारण हुने विषयवस्तु जनहितका लागि बन्दै गएकामा अब प्राविधिक पक्षलाई पनि साथसाथमा अपडेट गर्नुपर्ने भएकाले सोही अनुरुप काम अघि बढाइएको बताउनुभयो । प्राविधिक पक्षलाई समय अनुसार अपडेट गर्दै लैजाने समेत खरेलले बताउनुभएको छ ।

 
कार्यक्रममा विजय सामुदायिक शिक्षा सदनका अध्यक्ष माधवप्रसाद पौडेलले टावर पावर र आवर संचारमाध्यमको सुवलपक्ष भएको बताउनदै रेडियो टावर र पावर बढेको र अब आवर बढाउन सुझाव दिनुभयो । रेडियोका स्टेशन म्यानेजर ध्रु्वमणी पौडेलले नवलपरासी, चितवन, रुपन्देही, मकवानर, तनहुँमा पूर्ण रुपमा अब रेडियो सुन्न सकिने बताउनुभयो । पौडेलले मध्य नेपालका बाँकी २५ जिल्लामा आंशिक रुपमा सुन्न सकीने बताउनुभएको छ । कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड तथा मौलाकालीका मन्दीरका सल्लाहकार सिद्धकुमार श्रेष्ठ, विजय लघुवित्तका नायव कार्यकारी अभिकृत नारायण सापकोटा, विजय सामुदायिक शिक्षा सहकारीका सचिव टिकाराम कंडेल, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका उपाध्यक्ष काशीनाथ कंडेल, सहकारी समन्वय मञ्चका संयोजक वेदप्रसाद गौडेल, जयश्री सामुदायिक वनका सल्लाहकार शंकर आचार्य, प्रहरी सहायक निरिक्ष रमेश बाबु यादव लगायतले आफ्नो रेडियो भएकोले यसको सफलताले खुसी लागेको बताउनुभएको छ । साथै कार्यक्रममा उपस्थित सम्पूर्णले टेलिभिजन सञ्चालनको आवश्यकता रहको बताउँदै, विजय मिडिया हाउसको रुपमा अघि बढ्न सुझाब दिएका छन् । कार्यक्रम रेडियोका अध्यक्ष गोपीनाथ खरेलको अध्यक्षतामा सम्पनन भएको थियो ।

 

Share.

Leave A Reply