मोटरसाईकल चोरी गिरोह पक्राउ, २६ वटा मोटर साईकल बरामद

0


चितवन । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले चोरीको मोटर साईकल कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

नेपाल तथा भारतबाट चोरीको मोटर साईकलहरु ल्याई काटी अल्टी पल्टी गरी बिक्री बितरण गर्ने गरेको आरोपमा भरतपुर महानगर पालिका वडा नं. २० शारदानगर रानीपोखरी स्थित रोहित मोटर साईकल वर्कशपबाट ४ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर २१ का २१ वर्षिया रोहित श्रेष्ठ, बारा कलैया ८ बस्ने बर्ष १९ का कृष्ण शाह, कलैया नगरपालिका वडा नं. ३ का बर्ष १८ का महाविर चौधरी र भारतीय नागरीक बर्ष १४ का राजा कुमार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो । पक्राउ गरिएका व्यक्तिहरुका विषयमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

शनिबार जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको बिशेष टोलीले वर्कशपमा खानतलासी गरी शंकास्फद अवस्थामा रहेका मोटर साईकल तथा पाटपुर्जाहरु समेत बरामद गरेको छ । बिभिन्न कम्पनीको २६ वटा मोटर साईकल समेत बरामद गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै ईन्जिन नभएको ८ वटा च्यासिसहरु, च्यासिस नभएको ईन्जिनको ६ वटा ढिक्काहरु, ईन्जिन नम्बर देखिएको ईन्जिनका ९ वटा कभरहरु, च्यासिस तथा ईन्जिन नम्बर मेटाउन प्रयोग गर्ने ग्रान्डर, बिभिन्न व्यक्तिको नाममा रहेको ५३ वटा मोटर साईकलको बिलबुक लगायतका सामग्री बरामद् गरिएको छ ।

Share.

Leave A Reply