मैत्री सामुदायिक मञ्च नेपालद्धारा गैंडाकोटमा आपाङ्गता भएकाहरुलाई हिवलचियर प्रदान

0


गैंडाकोट । गैंडाकोट ४ मा रहेको मैत्री सामुदायिक मञ्च नेपाल (मैत्री नेपाल) ले गैंडाकोटमा आपाङ्गता भएकाहरुलाई हिवलचियर प्रदान गरेको छ ।

गैंडाकोटका ३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई हिवलचियर प्रदान गरिएको संस्थाका उपाध्यक्ष कृष्ण सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा गैंडाकोट ५ बस्ने सुकमाया राई, शनि विश्वकर्मा र वडा नम्बर ४ की उजेली श्रेष्ठलाई मैत्री सामुदायिक मञ्च नेपालका अध्यक्ष अमृतकान्त पण्डितले हस्तान्तरण गर्नुभयो ।

संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न संघ संस्थासँगको सहकार्यमा समय समयमा विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै आईरहेको छ । कार्यक्रममा गैंडाकोट नगरकार्यपालिका सदस्य कुमारी रेखा पौडेल, वडा सदस्य पार्वती सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply