मृगौला पिडितलाई ५५ हजार सहयोग

0

१३ माघ ।

सामाजिक सञ्जाल नेपाली बाजे फेसबुक समूहद्धारा मृगौला रोगबाट पिडीत एक महिलालाई उपचारकालागि नगद रकम सहयोग गरेको छ ।
बिगत चार महिनादेखी बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पत्तालमा डाइलाइसिस गराउँदै आएकी पाल्पा जिल्ला माथागडी गाउपालिका वडा नं ९ बस्ने पुर्णकला राना मगरको उपचारकालागि समूहले नगद ५५ हजार पाँच सय रुपयाँ प्रदान गरेको हो ।

समूहले शुक्रवार मुटु अस्पत्तालमै एक कार्यक्रमको आयोजना गरी दुवै मृगौला खराव भएकी महिलाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

समूहका अध्यक्ष दिवश सापकोटाको अध्यक्षता र गौतमबुद्ध सामुदायिक मुटु अस्पत्ताल बुटवलका अध्यक्ष एजाज आलमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अस्पत्तालका अध्यक्ष आलमले पढ्ने खेख्ने उमेर समूहका युवाहरुले सामाजिक कार्यमा पु¥याएको सहयोग सराहनिय रहेको बताए ।

उनले सहयोग राशीको सही सदुपयोग गर्न पनि बिरामीका आफन्तलाई आग्रह गरे ।

समूहका अध्यक्ष सापकोटाले शुरुमा मनोरञ्जनकालागि मात्रै समूह गठन भए पनि सामाजिक सञ्जालमै आउने गरेका सहयोगको याचना र सहयोगबाट लाभान्वित भएका सूचनाबाट प्रभावित भएर सामाजिक कार्यमा अग्रसर भएको बताए ।

युवाहरुले चाहे कसैको ज्यान जानबाट जोगाउन सकिन्छ भने सन्देश दिन र युवाहरुलाई सामाजिक क्रियाकलपमा लाग्न प्रेरित गर्ने उदेश्यले पनि सहयोग अभियानलाई अगाडी बढाइएको उनले जानकारी दिए ।

उनले यस अघि ललितपूरको सुनाकोटी बृद्धाश्रम,काठमाण्डौको पशुपती क्षेत्रमा रहेका सडक बालबालिकाहरु र नवलपरासीको गैडाकोट स्थित अपाङ्ग बिकास संस्था रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरिसकेको बताए ।

कार्यक्रममा सामाजिक सञ्जाल फेसबुक समूह नवलपूरका संयोजक सन्दिप भण्डारी,सह संयोजक रोशनि क्षेत्री,चितवन संयोजक सिर्जना राई,सह संयोजक रचना ढकाल ,बुट्वल टिमको संयोजक प्रकाश पाण्डेय ,सह संयोजक छबिलाल पाण्डेय लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार बिकाश पराजुलीले गरेका थिए ।

Share.

Leave A Reply