मृगौला पिडितलाई आर्थिक सहयोग

0

प्रेम क्षेत्री, मंसिर ४ गैंडाकोट । नवलपुर समाज जापानले मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।

मृगौला पिडित गैंडाकोट ६ निवासी ३४ वर्षिया शक्तिप्रसाद चालिसेको उपचारार्थ ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । गैंडाकोट नगरपालिका परिषरमा वडाध्यक्षहरुको रोहोवरमा सो रकम पिडित चालिसेका कान्छोवुवा प्रजापति चालिसेलाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा नवलपुर समाज जापानका उपाध्यक्ष लक्ष्मि सापकोटा, संस्थापक अध्यक्ष केशव पौडेल, आजिवन सदस्य खेमराज पौडेल, छविलाल गैरे, ठाकुरप्रसाद खरेल, वडाध्यक्षहरु नवराज कंडेल, लक्ष्मिप्रसाद सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

मृगौला पिडित शक्तिप्रसाद चालिसेको हाल विर अस्पताल काठमाडौंमा उपचार भईरहेको छ । उहाँको दुवै मृगौला फेल भएको र उपचारमा करिब ४० लाख लाग्ने चिकित्सकले बताएका छन् ।

Share.

Leave A Reply