मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघको अध्यक्षमा अर्जुन पाण्डे

0

गैँडाकोट १९ भदौ ।


मुकुन्दसेन मौलाकालीका होटल व्यवसायी संघको अध्यक्षमा अर्जुन पाण्डे निर्वाचीत हुनुभएको छ । सोमबार भएको संघको पाँचौ साधारणसभा तथा प्रथम अधिवेसनले पाण्डेको नेतृत्वमा १३ सदस्यीय समिती चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दलबहादुर राना, उपाध्यक्षमा अम्बिका लामीछाने, सचिवमा नारायण विसि, कोषाध्यक्षमा विरेन्द्र श्रेष्ठ (गोविन्द), सहसचिवमा सुशिल पण्डीत, सहकोषाध्यक्षमा हरि क्षेत्री, सदस्यहरुमा कल्पना देवकोटा, रामचन्द्र पौडेल, मेनुका हमाल, ऋषी पौडेल, राजकुमार श्रेष्ठ, कृष्ण न्यौपाने निर्वाचीत हुनुभएको छ ।

यसअघि भएको संघको साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालीकाका प्रमुख छत्रराज पौडेलले नगरपालीकाको चौतर्फी विकासका लागी व्यवसायीसंग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो ।

साधारणसभाको उद्घाटन कार्यक्रममा डेढ घण्टा होटल फेमीली क्याफेमा रहनुभएका वहाँले व्यवसायीका समस्याप्रती नगरपालीका सचेत रहेको भन्दै अनुसासन र नियमानुसार होटल व्यवसायलाई मर्यादीत बनाएर अगाडी बढ्न उहाँले आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष गणेश बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव देवीप्रसाद पौडेलले साधारणसभामा आगामी ५ वर्षको कार्ययोजना पेश गर्नुभएको थियो । संगठनले खानाको गुणस्तर सम्बन्धि तालिम, ग्राहक प्रति हुने व्यवहार, सरसफाई आदिको अनुगमन गर्ने सचिव पौडेलले बताउनुभयो । यसैगरी कोषाध्यक्ष विरेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०७३÷७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले ८८ हजार ७ सय बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

लोकगायक दिपक खड्काले सहजीकरण गर्नुभएको कार्यक्रममा चितवन होटल व्यवसायी संघका अध्यक्ष कमल गौतम, होटल व्यवसायी महासंघ ४ प्रदेशको संयोजक गणेश भण्डारी, नारायणी सामुदायीक बनका अध्यक्ष खगराज सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply