मुकुन्दसेन बहुमुखी क्याम्पसमा स्तरवृद्धीको आवश्यकता

0


गैँडाकोट ३ भाद्र । गैँडाकोट ११ हर्कपुर मा रहेको मुकुन्दसेन बहुमुखी कलेजको स्तरवृद्धीका लागी सरोकारवालाहरुले चासो दिएका छन् । शनिवार कलेजले आयोजना गरेको अन्तक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अधिकांसले गैँडाकोट १० देखी १८ वडा सम्मका बिद्यार्थीहरुलाई अध्ययनका लागी नारायणगढ वा अन्यत्र जाने बाध्यता हटेको तर स्तरवृद्धी हुन नसक्दा बिद्यार्थीले सेवा लिन नसकेको बताएका हुन् । कार्यक्रममा बोल्दै कलेजका सहायक प्राध्यापक नेत्रप्रसाद आचार्यले यथेष्ट बिद्यार्थी संख्या भएको खण्डमा कलेजले नवलपुर क्षेत्रमा नै स्थापीत बन्ने बताउनुभयो ।

कलेजका प्राध्यापक बिद्यार्थी र समुदायबाट संयुक्त प्रयासमा नै कलेजको भविष्य उज्यालो बनाउन सकिने वहाँको भनाई थियो । कार्यक्रममा संबोधन गर्दै गैँडाकोट नगरपालीकाका मेयर छत्रराज पौडेलले गैँडाकोटमा रहेका सामुदायिक विद्यालय र कलेजहरुको स्तर बृद्धि गरि शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । पौडेलले गैँडाकोट आर्थिक रुपमा व्यवसायिक रुपमा समृद्ध बन्दै गएको स्मरण गर्दै विद्यालय सुधार कार्यक्रम अन्तर्गत अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जनता माध्यमीक बिद्यालय हर्कपुरका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरिभक्त न्यौपाने, जनता माविका प्रध्यानाध्यापक काशिनाथ पोखरेल लगायतले बिद्यालयमा भौतीक अवस्था मजवुत भएको र पठनपाठन पनी उत्कृष्ट रहेको तर बिद्यार्थीमाझ कलेजको जानकारी नै नपुगेको हुँदा बिद्यार्थीमाझ कलेज पुग्न आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष कलेज व्यवस्थापन समितीका अध्यक्ष सत्यनारायण खनालले ग्रामीण क्षेत्रमा स्थापीत कलेजले न्युन शुल्कमा बिद्यार्थीलाई शिक्षा दिएको भन्दै समुदायबाट समर्थन र नगरपालीकाको पनि साथ आवश्यक रहेको बताउनुभयो । कलेजका प्राचार्य ठाकुर शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण कलेजका सहायक प्राध्यापक ईश्वरी चापागाईले गर्नुभएको थियो ।

Share.

Leave A Reply