मुकुन्दसेन बहुमुखी कलेजको बार्षीक उत्सब सम्पन्न ।।

0

चितवन,चैत १५


मुकुन्दसेन बहुमुखी कलेज गैडाकोट १२ ले बार्षीक उत्सवको अवसर पारेर बिभिन्न शैक्षीक तथा खेलकुद कार्यक्रम गरेको छ । हाजीरजवाफ, समुह छलफल , व्याटमिन्टन बिद्यार्थी प्रध्यापक विच अन्तरक्रिया कार्यक्रम गरी आज कलेजको नवौ बार्षीक उत्सब समारोह सम्पन्न गरीएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य सत्यनाराण खनालले कलेजहरुको बर्तमान अबस्था र त्यसलाइ सुधार गर्दै कलेजको बिकासका लागि आफु सदैव कटिबद्ध रहेको बताउनुभयो ।
गैडाकोट वडा नम्बर ११ न. का वडा अध्यक्ष गोबिन्द सुबेदीले कलेजको गुणस्तर सुधारको गर्नका लागी वडाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गैडाकोट वडा नम्बर १२ का वडा अध्यक्ष थिरबहादुर थनेतले कलेजको बिकासमा सहयोग गदै आएको र निरन्तर सहयोग गर्ने बताउनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै कलेजका त्रिभुवन बिश्व बिद्यालयका प्रतिनीधि दामोदर रिजालले अहिलेको शिक्षा सैद्धान्तिक बढि भएकोले सैद्धान्तिक भन्दा पनी शिक्षीत र व्यवाहारीक बनाउने उद्धेश्यले अगाडी बढने गरी अध्यापन गराउन प्रधायापकहरुलाइ अनुरोध गनुभयो । उहाले छोटो समयमा कलेजले ठुलो शैक्षीक भौतीक प्रगती गरेकोमा प्रशंसा गनुभयो ।
कलेजका पुर्व व्यवस्थापन समितिका सदस्य यमुनाथ आचार्यले कलेज स्थापनामा जसरी गरीएको थियो त्यहि गतिमा कलेजको व्यवस्थापन अगाडी बढेकोमा खुसी व्यक्त गनुृभयो । कलेज व्यवस्थापन समितिका सदस्य थिरनाथ अधिकारीले कलेजको बर्तमान अबस्थाको बारेमा जानकारी दिनुभयो । रत्नराज्य प्रा बि का प्रचार्य नवराज काफ्लेले कलेजको बिकास र समृद्धिको लागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रमा पुर्व बिद्यार्थी किशोर ढकालले आफुले स्नाकोत्तर अध्ययन गर्दा यस कलेजको शैक्षिक गुणस्तर उत्कृष्ट रहेको र स्नातक अध्यापन गराएको बताउदै मुकुन्दसेन कलेज उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै हाल अध्यनरत दिपिका सुनुवारले कलेजमा आधुनीक प्रबिधिको प्रयोग गरेर अध्ययन अध्यापन गराउनु पर्नमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका प्रचार्य ठाकुर शर्माले स्वागत तथा आथीक प्रतिबेदन प्रस्तुत गर्नुभयो कार्यक्रममा बिजेता बिद्यार्थीलाइ पुरस्मारबितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रधानध्यापक इश्वरी चापागाइंले गनुभएको थियो ।
आज भन्दा नौ बर्ष अघि साबिक मुकुन्दपुर गाबिसमा उच्च शिक्षा प्रदान गर्ने उदेश्यले मुकुन्दसेन बहुमुखी कलेज साबिक मुकुन्दपुर गाबिसका बुद्धिजीबी समाजसेबिहरुले एस कलेजको स्थापना गरेका हुन्।

Share.

Leave A Reply