मुकुन्दसेन दरबारको संरक्षण एवं पवद्र्धनका लागि भ्यु टावर एवं प्रतिक्षालय निर्माण गरिने

0

प्रेम क्षेत्री, गैंडाकोट ।
प्राचिन एवं ऐतिहाँसिक मुकुन्दसेन दरबारको संरक्षण एवं पवद्र्धनका लागि भ्यु टावर एवं प्रतिक्षालय निर्माण गरिने भएको छ ।

प्राचिनकालमा राजा मुकुन्दसेनले दरबार बनाई बसेको गैंडाकोट ११ स्थित सो क्षेत्रको संरक्षण एवं प्रचारप्रसारका लागि समितिले चासो देखाएको छ । मुकुन्दसेन दरबार संरक्षण संस्था गैंडाकोट ११ मुकुन्दसेन डाँडाले मंगलबार सो क्षेत्रको अवलोकन गर्दै सोही स्थानमा छलफल समेत गरेको छ ।

मुकुन्दसेन दरबार संरक्षण संस्थाका अध्यक्ष एवं गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले आउँदो असार मसान्तभित्र काष्ठ भ्यु टावर निर्माण एवं प्रतिक्षालय निर्माण गर्ने निर्णय गरेको छ । सो कार्यका लागि रामबहादुर सोतीको संयोजकत्वमा ७ सदस्यीय निर्माण समिति समेत गठन गरेको संस्थाका सचिव मनिलाल अधिकारीले जानकारी दिनुभयो ।

भेडाबारी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष गुरुप्रसाद पौडेलले आफ्ना् बन क्षेत्रभित्र पर्ने दरबारको संरक्षण एवं पवद्र्धनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । सो अवसरमा मुकुन्दसेन दरबार संरक्षण संस्थाका कोषाध्यक्ष माधव कोईराला, मुकुन्दसेन सामुदायिक बनका अध्यक्ष रुद्रप्रसाद अधिकारी, भेडाबारी सामुदायिक बनका उपाध्यक्ष भेषराज हमाल, सचिव पार्वती आचार्य, वडासदस्यहरु ओमकुमारी आचार्य, बुद्धिमाया नेपाली र जियनराम महतो लगायत स्थानियबासीहरुको उपस्थिती रहेको थियो ।

मुकुन्दसेन दरबार स्थलमा हाल भग्नावशेष भवन, पानी कुवा, सैनिक अभ्यास स्थल, शिव पार्वतीको मुर्ती एवं नागको मुर्ती रहेको छ ।

Share.

Leave A Reply