मुकुन्दसेनमा हाजीरीजवाफ प्रतियोगिता

0

नवलपरासी २५ कार्तिक ।


मुकुन्दसेन बहुमुखी कलेज गैंडाकोट १२ हर्कपुरमा अन्तर कक्षा हाजीरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बिबिएस प्रथम वर्षका विद्यार्थी प्रथम भएका छन् । कलेजका प्राचार्य ठाकुर शर्माको अध्यक्षता एवं कलेज व्यवस्थापन समितिका सदस्य थिरनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले सामान्यज्ञान प्रती बिद्यार्थीको चासो कम हुँदै गएको तथा कलेज तह अध्ययन गर्ने बिद्यार्थीमा अध्ययन स्वभाव परिवर्तन हुँदै गएकोमा कार्यक्रम फलदायी रहेको बतानुभयो ।

मुकुन्दसेन बहुमुखी कलेजले हरेक महिनाको अन्तिम शुक्रबार विविध कार्यक्रम गर्ने कलेजका सहायक प्रध्यापक ईश्वरी चापागाईले जानकारी दिनुभयो । प्रतीयोगीतामा स्नातक तह प्रथम बर्षदेखी चौथो बर्षका ४ समुहले सहभागीता जनाएका थिए ।

Share.

Leave A Reply