मुकुन्दपुर बचतको आज साधारण सभा हुँदै, हिजोको कार्यक्रममा ६६ जनाद्धारा रक्तदान

0


गैँडाकोट, ८ मंसिर । मुकुन्दपुर बचत तथा ऋण सहकारी सँस्था लिमिटेड, गैडाकोट ११ को १४ औं साधारण सभ आज हुँदै छ । जनता माविको परिसरमा विहान ११ बजेबाट साधारण सभा सुर हुने छ । यसैबीच पूर्व सन्ध्यामा शुक्रबार संस्थाकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको अध्यक्ष खुम प्रसाद शर्माको अध्यक्षता तथा गैडाकोट नगरपालिकाका नगरप्रमूख छत्रराज पौडेलको प्रमूख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ६६ जनाले रक्तदान गरका थिए । जसमा ६० जना पुरुष र ६ जना महिला रहेका छन् । संस्थाका सचिब नारायण प्रसाद कंडेलबाट शुरु भएको रक्तदान कार्यक्रममा जम्मा ६६ पोका रगत संकलन गर्न सफल भएको सस्थाका ब्यवस्थापक मोहन अर्यालले जानकारी दिनु भयो ।
रगत अभावका कारण दिनहुँ जसो बिरामीहरुको मृत्यु भईरहेको हुन्छ । यस्तो रगत अभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गरि रगतको अभावलाई सहज बनाउन रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष शर्माले बताउनु भयो ।

Share.

Leave A Reply