मिस नेपाल ः बीस बर्षिया नीकिता चन्दक

0


काठमाडौँ, २० जेष्ठ । मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा यस वर्षको सन् २०१७ को मिस नेपालको उपाधी गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको मिस नेपालमा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले विश्व सुन्दरी प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।


पछिल्लो समय लोकप्रियता घट्दै गएको मिस नेपालको ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीमा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको मिस नेपाल अर्थको उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने मिस नेपाल इन्टरनेशनलको उपाधी नीति शाहले जितिन् । मिस नेपालको अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।


तर, मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । यस्तै, सहारा बस्नेत मिस एसिया प्यासेफिक इन्टरनेशनल घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन् भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।
द हिडेन ट्रेजरले यो चर्चित सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । तर, पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा निकै कमजोर बनिरहेको छ ।
तस्बिरः श्रीधर पौडेल
खबर ः अनलाइनखबर

Share.

Leave A Reply