मानव बेचबिखन,ओसार पसार र लैँगिक हिंसा बिरुद्य सचेतनामुलक कार्यक्रम सम्पन्न

0

चितवन २३ फागुन ।

चितवनको किरणगन्जमा मानव बेचबिखन, ओसार पसार र लैँगिक हिंसा बिरुद्य सचेतना फैलाउने उद्देश्यका लागि संचालित कार्यक्रम सम्पन्न भएको छ । थ्री एन्जल्स नेपालको आयोजनामा प्रगति किरण महिला समुहको भवनमा संचालित सो कार्यक्रममा त्यसै समुहका अध्यक्ष सुकन्या राइको अध्यक्षता रहेको थियो । माइति नेपाल चितवनका कार्यक्रम संयोजक श्री ईश्वर गिरीको प्रमुअ आतिथ्यता रहेको सो कार्यक्रममा वहांले माइती नेपालको काम कारबाहीबारे जानकारी गराउनुभयो ।

माईती नेपालले २५ औं रजत मनाइरहंदा देशब्यापिरुपमा आम महिलाहरुको लागि माइति नेपाल दुखको साथिको रुपमा रहेको प्रष्ट पार्दै उहाले हिंसामा परेका, हराएका, दलालहरुबाट बेचिएका सहारा बिहिन र आवाज बिहिनको लागि काम गरीरहेको बताउनुभयो ।

कुनै पनि बिषयमा सेवा लिन आउन समेत आव्हान गर्दै उहँले नेपालमा मानव बेचबिखन को बदलिंदो स्वरुप कानुनी सजायं र समाजको भुमिका बारेमा प्रकास पार्नु भयो । थ्री एन्जल्सका संयोजक श्री यमनाथ आचार्यले ले कार्यक्रमको बारेमा प्रकाश पार्दे लैँगिक हिंसा र मानव बेचबिखन सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । सहभागिको तर्फबाट श्री संकरमान राइले कार्यक्रम उपलब्धिमुलक रहेको बताउनु भयो ।

Share.

Leave A Reply