मादल र मजुरामा व्यवासायीक बन्न कस्सीय गैडाकोट ४ का महिलाहरु

0

डोलराज रानाभाट, १९ वैशाख । गैडाकोट ४ का महिलाहरुलाई मादल र मजुरामा व्यवसायीक बनाउन बाध्यवाधक तालिम प्रदान गरिएको छ ।

वाध्यवाधक एक मौलिक संस्कृति भएको भन्दै यसको संरक्षण सहित व्यवसायिक वनाउन तालिम प्रदान गरेको वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले संचालन गर्ने हरेक तालिमको उद्देश्यनै सीपको विकास रहेको भन्दै मेहनतका साथ तालिममा रहन आग्रह गर्नुभयो ।

महिला सञ्जाल गैंडाकोट ४ को आयोजनामा आजदेखि १५ दिनसम्मका लागि सुरु भएको उद्घाटनसत्रका प्रमुख अतिथिसमेत रहनुभएका न्यौपानेले वडानम्वर ४ ले विकासमा गति लिएको बताउँदै वडावासीहरुले हरेका कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो ।

नमुना युवा क्लवको भवन गैंडाकोट ४ मा शुरु भएको तालिमका प्रमुख प्रशिक्षक श्रीकान्त घिमिरेले ख्याम्ता ताल सहित दुइवटा ताल सिकाइने र तालिम अवधि छोटो भएपनि मन लाएर सिकेमा व्यवसायीक वन्न सकिने बताउनुभयो । वडा महिला सञ्जाल गैंडाकोट ४ की अध्यक्ष शान्ता भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी टोलनाथ घिमिरे, शोभाखर रिमाल, नगर कार्यपालिका सदस्य संगिता घिमिरे पण्डित, वडा सदस्यहरु तेजप्रसाद घिमिरे, रविलाल तिवारी, ज्ञानसरा विक, क्लवका अध्यक्ष प्रेमप्रसाद सापकोटाको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा वडा नम्बर ४ का अगुवाहरु कमला तिवारी, रामचन्द्र घिमिरे, ओमप्रसाद पराजुली, टिकाराम पौडेल, लक्ष्मि भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply